Loading...
Loading...
नेपालीलाई खुसीको खबर, ४ खर्ब लगानीमा काठमाडौं–केरुङ रेलमार्ग बन्ने पक्का
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । काठमाडौं–केरुङ रेलमार्ग निर्माण गर्न योग्य देखिएको छ । नेपाली र चिनियाँ अधिकारीले संयुक्त रुपमा गरेको अध्ययनमा उक्त रेलमार्ग निर्माण गर्न सकिने पाइएको छ ।

अध्ययन समितिले केही दिन भित्रैमा प्रतिवेदन बुझाउने र आवश्यक छलफल गर्ने तयारी गरेको छ । चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदनमा हिमाली क्षेत्रमा कठिन भूगोल भएपनि रेलमार्ग निर्माण सम्भव रहेको उल्लेख गरेको छ ।

तर रेलमार्ग निर्माणका लागि अत्याधुनिक र उच्च प्रविधिको प्रयोगका आवश्यकता भने औल्याइएको छ । प्रतिवेदन करिबकरिब अन्तिम चरणमा पुगेको र संयुक्त छलफलपछि अन्तिम निर्णय गरिने रेल विभागका अधिकारीहरुको भनाइ छ ।

विस्तृत अध्ययन प्रतिवेदन तयार भएपछि रेलमार्ग निर्माणको एउटा प्रक्रियामा प्रवेश गर्नेछ । अध्ययन प्रतिवेदन तयार गर्न मात्रै करिब ५ अर्ब रकम लाग्ने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणको क्रममा रेलमार्ग निर्माणका विषयमा सम्झौता हुने भनिएपनि अध्ययनको सम्झौता मात्रै भएको थियो ।

अध्ययनको प्रतिवेदन तयार भएको जानकारी चिनियाँ प्राविधिकले नेपाल सरकारलाई गराएको समेत विभागका अधिकारीको भनाइ छ ।

अध्ययन समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिन भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च अधिकारी छिट्टै चीन भ्रमणमा जाने तयारी समेत गरेका छन् ।्उक्त रेलमार्ग निर्माणको लागतका बारेमा भने कुनै पनि निष्कर्ष भने भइसकेको छैन । सो रेलमार्गका लागत ४ खर्ब बराबर हुने बतायएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MliACR via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.