भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पिउन योग्य स्वच्छ पानीको मापदण्ड निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका धारामा आउने पानी गुणस्तरहीन भएको निश्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।पिउने पानीमा नेपाल गुणस्तर चिह्नको व्यवस्था मिलाउन पनि समितिले खानेपानी तथा सरसफाइ मन्त्रालयलाई निर्देश गरेको छ । संविधानको धारा ३५ ९४० मा खानेपानीलाई मौलिक हकको रुपमा राखे पनि अधिकांश जनता स्वच्छ पानीको पहुँच बाहिर छन् ।
बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनालाई पूर्वनिर्धारित मिति मै पानी वितरणको व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयमार्फत निर्देशन दिएको छ । प्रस्तावित मिति पटक पटक सर्दा पनि आयोजनाको सुरुङभित्रको फिनिसिङको कार्य अझै बाँकी रहेको, निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन नसकेको समितिको ठहर छ ।मेलम्ची खानेपानी प्रणालीमा एङ्ग्री र लार्के खोलाबाट थप १७ करोड लिटर पानी थप गर्ने आयोजनाका लागि गरिनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन लगायतका कामले गति लिन सकेको छैन ।जमिनमुनिको घट्दो पानीको स्तरलाई पुनः नवीकरण गर्ने अल्पकालीन र दिर्घकालीन कार्ययोजनासहित काम गर्न, पुराना खानेपानी वितरण प्रणालीको समयमा नै मर्मत सम्भार गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wjdEW0 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

