Loading...
Loading...
बिमस्टेक सम्मेलनमा उपत्यकाको सुरक्षा व्यवस्था कडा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । बिहिबार र शुक्रबार काठमाडौंमा हुने  बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्मेलनमा सहभागी हुन आउने प्रत्येक भीभीआईपीको सुरक्षाका लागि चार जना अधिकारीलाई जिम्मा दिने भएको छ।

सोल्टी होटलमा हुने शिखर सम्मेलनमा बिमस्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरू नेपाल आउँदैछन्।

सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ। सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

चार वटै सुरक्षा निकायका गरी २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने छन्।

एक भिआइपी आउँदारजाँदा करिब ४ सय ट्राफिक खटिने

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिआइपीको सवारीको समयमा ट्राफिक व्यवस्था मिलाएको जानकारी दिएको छ।

भिआइपी व्यक्तिहरू सवार हुँदा मुख्य सवारी रूट, वैकल्पिक सवारी रूट, फिर्ती मुख्ख सवारी रूट, फिर्ती वैकल्पिक रूट र अन्य स्थानमा गरेर एक भिआइपीको सवारीमा ४ सय ट्राफिक परिचान हुनेछन्।

जोर बिजोर प्रणाली

यस्तै सम्मेलन बुधवार, बिहीबार र शुक्रवार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गरेको छ।

बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गर्न गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ। १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइनेछ।

भिआइपी व्यक्तिको सुरक्षा र सवारी व्यवस्थालाई मध्यनजर गर्दै गृहको निर्देशन पालना गरिने ट्राफिक महाशाखाले जनाएको छ।

जोर विजोड सवारी सञ्चालन गर्ने सवालमा भने अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र मिडियालाई भने जोर विजोड लागू नहुने जनाएको छ।

सडक खाली

विशिष्ट व्यक्तिको आगमन हुने स्थानमा सवारीको एक घण्टा अगाडि र पछाडि सम्पूर्ण सवारी आगमन ठप्प पारिनेछ।

विमानस्थलबाट आउने सरकार तथा राष्ट्रप्रमुखहरू सिधै होटल सोल्टी जाने कार्यक्रम छ।

उक्त समयमा विमानस्थलदेखि सोल्टी होटलसम्मको रूटमा पर्ने क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ।

उपत्यकाका शिक्षण संस्था २ दिन बिदा

सरकारले बिमस्टेक सम्मेलनको अवसरमा उपत्यकाका शिक्षण संस्था २ दिन बिदा दिने भएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LAJbHB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.