Loading...
Loading...
मदन भण्डारी राजमार्गको कालोपत्रे यसै वर्षबाट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।मदभण्डारी राजमार्गको मुख्य खण्डहरुको कालोपत्रे यसैवर्ष सुरु गर्ने भएको छ । सरकारले यसैवर्ष घोषणा गरेको यो राजमार्गका विभिन्न खण्डहरु निर्माणाधीन अवस्थामा छ ।झापाको पाटापुरबाट सुरु हुने यो राजमार्गको मध्यखण्डमा यसवर्ष कालोपे सुरु गर्ने योजनामा सरकार छ । चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । यो राजमार्ग झापाको पाटापुरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

यसमध्ये यो वर्ष धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे सुरु गरिने सडक विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । यो खण्ड यसअघिदेखि नै छुट्टै आयोजनाका रुपमा विभागले निर्माण गरिरहेको थियो । प्रवक्ता गौतमले दाङबाट सुर्खेतसम्मको खण्डको पनि कालोपत्रे छिटै सम्पन्न गरिने बताए । यो वर्ष मदनभण्डारी राजमार्गका लागि साढे ४ अर्ब बजेट छुट्टिएको छ ।
३०० किमीको यो खण्ड निर्माण सकिन लागे पनि राजमार्गमा जोडिने अन्य खण्डको भने सम्भाब्यता अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर० बनेको छैन ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BTUs6D via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.