भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले एकताका बेला भएको सहमति कार्यान्वयन नभए एकता भंग गरिदिने चेतावनी दिएका छन् ।
“कांग्रेससँग भएको सहमति कार्यान्वयन नभए देशभरका आफ्ना कार्यकर्ता बोलाएर एकता भंग भएको घोषणा गरिदिन्छु,” गच्छदारले भने, “रामजनम चौधरी एउटा चुनाव हार्दैमा उ केन्द्रीय सदस्य पनि हुन नसक्ने व्यक्ति कसरी भयो र? ”
उनले झापादेखि कञ्चनपुरसम्म आफ्ना कार्यकर्ता भएको बताउँदै फेरि पनि राष्ट्रिय राजनीतिमा छवि बनाउन आफूलाई कुनै समस्या नभएको बताए ।
“विभाजित कांग्रेसले आगामी चुनौतीको सामना गर्न सक्दैन । कांग्रेससँग मेरो वान साइडेड लभ हो,” गच्छदारले भने, “झापादेखि कञ्चनपुरसम्म मेरा आफ्ना कार्यकर्ता छन् । अब पनि कांग्रेसभित्र भाग पाउन लागि म रुने, कराउने ? एकपटक कांग्रेस छाडेर राष्ट्रिय राजनीतिमा मैले बनाएको व्यक्तित्व छर्लङ्ग छ ।”
उनले आफू कांग्रेसलाई बलियो बनाउन आएको भए पनि अहिले बेवास्ता गरिएको बताए ।
“कांग्रेसलाई बलियो बनाउँछु भनेर आएको हुँ । एमाले र माओवादीको बहुमत पुग्छ यिनीहरुले साम्यवाद ल्याउँछन् भनेर नै कांग्रेसमा पार्टी मिलाएको हुँ, देश जोगाउन भनेर म कांग्रेसमा समाहित भएको हुँ ।
कांग्रेससँग सहमति हुनुभन्दा अघि २०७४ असोज २ गते केपी ओली र प्रचण्डसँग अढाईघन्टा छलफल भएको थियो । सँगै चुनाव लडौं भनेर भनेका थिए । तर मैले मानिन । उनीहरुको भित्रि आसय बुझेर म कांग्रेसमा आएको हुँ । माओवादी र एमालेसँग मिलेर चुनाव लडेर अहिले सत्ता सञ्चालन गरेको भए २० लाख कांग्रेसले मलाई सराप्थे । त्यसैले नलागेको हुँ । अब कर्नरमा पार्ने काम नगरियोस् ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KZtDOh via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

