भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप रु.५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्।
गत शुक्रबार दिउँसो करिब साढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी सोही सडक खण्ड निर्माण कार्यमा संलग्न २० जना मजदुरको मृत्यु भएको थियो। सोही घटनाबारे सोमबार प्रतिनिधिसभामा जानकारी गराउँदै गृहमन्त्री थापाले घटनाबारे गहिरो शोक पनि व्यक्त गरेका थिए। उनले दुर्घटनामा परी घाइते भएका १२ जनाको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि जानकारी दिए। दुर्घटनामा परी चालकसहित रोल्पाका ९, दाङका ६, धादिङका १, स्याङजाका १, ओखलढुंगाका १, कपिलबस्तुका १ र कैलालीका एक गरी २० जनाको मृत्यु भएको थियो। त्यसैगरी गृहमन्त्री थापाले रोल्पाका ८ जनासहित १२ जना घाइतेहरू रहेको पनि जानकारी दिए।
सरकारले मृतकहरूको शव आफन्तलाई बुझाउन सम्बन्धित जिल्ला पठाइसकेको छ। गृहमन्त्री थापाले सम्बन्धित जिल्लामै पोष्टमार्टमपछि उनीहरूको शव परिवारलई बुझाउने व्यवस्था गरिएको पनि बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2L3YQA5 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

