भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

प्रदेश–२ को सरकारले पूर्णता पाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिश गरेका तीन जना राज्यमन्त्रीले सपथ ग्रहण गरेसँगै सरकार गठन भएको पाँच महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री डिम्पलकुमारी झा, अभिराम शर्मा र सुरेश मण्डललाई शपथ ग्रहण गराएका हुन् ।
झाले भौतिक पूर्वाधार राज्यमन्त्री, शर्माले समाजिक विकास राज्यमन्त्री र मण्डलले वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । महोत्तरीबाट प्रत्यक्ष निर्वाचित अभिराम शर्मा मधेश आन्दोलनको क्रममा हत्या गरिएका प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका अभियुक्त हुन् ।
एम्बुलेन्सबाट थुतेर विकको हत्या गरेको अभियोगमा शर्मा विरुद्ध प्रहरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेको छ । मुद्दा विचाराधिन छ ।
प्रदेश–२ मा ३ फागुनमा लालबाबु राउत मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषद् विस्तार भएको यो तेस्रो पटक हो ।
ईश्वरचन्द्र झा, जनकपुररहिमालखबरबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NMkARU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

