Loading...
Loading...
सत्ता दुरुपयोग गर्दै पत्नी र पुत्रलाई समेत अंगरक्षक दिलाउने देउवाले निर्णय गरेको खुलासा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । गोबिन्द केसीको अनसनको त्यान्द्रो समाएर सरकार अधिनायकबाद भएको आरोपमा आन्दोलनमा उत्रेको कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा सरकार छोड्ने बेलामा तानाशाह जसरी आफ्नो परिवारका लागि राज्यकोषको चरम दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।

आज प्रकाशित जनआस्था साप्ताहिकले देउवाले गरेको राज्यकोषको चरम दोहनको सप्रमाण समाचार प्रकाशित गर्दै लेखेको छ, आफ्नै पत्नीलाई समेत अंगरक्षक । समाचारमा उल्लेख भएअनुसार, संसदमा बाम गठबन्धनले बहुमत दाबी गरेपछि राष्ट्रपतिले केपी ओलीलाई शपथ खुवाउनु ११ दिनअघि मात्रै देउवाले आफ्ना लागि ठूलो सुरक्षा डफ्फाको प्रबन्ध गराएका हुन् ।

लाजमर्दो कुरा त के छ भने उनी आफू त पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षा सेवाबाट लाभान्वित हुन पाउने नै भए । तर, कुनै औपचारिक ओहोदाबिना, खतरा र सुरक्षित राख्नुपर्ने खास तार्किक कारण नै नभई पत्नी र छोराका लागि समेत सुरक्षाकमी परिचालन गराएका छन् ।

गृहमन्त्रालयले २०७४ माघ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशिष्ट व्यक्तिको सुरक्षा व्यबस्थापन सम्बन्धमा शीर्षक अन्तर्गत पठाएको प्रस्तावबाट आफ्ना लागि सुरक्षा व्यबस्था मिलाएका हुन् । सो निर्णयको पाँचौ नम्बरमा उल्लेख छ, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको सुरक्षाका लागि वर्तमान कार्यकाल समाप्तिपश्चात् ४० जना९नेपाल प्रहरीबाट नायब उपरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बलबाट निरीक्षकसमेत २५ जना० को जनशक्ति सुरक्षाकर्मी उपलब्ध गराउने ।

साथै, सोही तैनाथी संख्याबाट उहाँकी धर्मपत्नी पूर्व सांसद डा। आरजु राणा र छोरा जयबीरसिंह देउवालाई पनि व्यक्तिगत सुरक्षा उपलब्ध गराउने ।

ससँगै तीनै जनालाई प्रहरीबाट अलग अलग सवारीचालक लाने कामसमेत भएको छ । नेपालको इतिहासमा आजका मितिसम्म यसरी कसैले पनि पद र शक्तिको दुरुपयोगमार्फत् पत्नी र पुत्रको निम्तिसमेत हतियारधारी सरकारी कर्मचारी खटाउने निर्णय गरेको पाइन्न । यस मामिलामा व्यक्तिगत स्वार्थका निम्ति दरबारलाई दुईचोटी प्रजातन्त्र बुझाएको भनी आरोपित देउवा दुर्लभ अपवाद मानिन्छन् ।

मन्त्रिपरिषदको त्यै बैठकबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रहरीको एक जना असई दर्जाका अधिकृतसहित तीन प्रहरीको सुरक्षा अनुमोदित भएको थियो ।

सबाहे देउवा सरकारले म्यानपावर व्यबसायी तथा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुंग, दांगका नेता दीपक गिरी, तनहुँका सांसद तथा तत्कालीन वनमन्त्री शंकर भण्डारी, पतञ्जली नेपालका प्रतिनिधि शालिग्राम सिंह र केही वकिललाई पनि बिनातर्क सुरक्षाकर्मी उपलब्ध गराएको छ ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uRHS1r via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.