भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । वर्षा र सडकमा भइरहने नाराजुलुसका कारण काठमाडौँ उपत्यकामा ट्राफिक जाम अत्यधिक हुने गरेको छ । उपत्यकामा धेरै सवारीसाधन, साँघुरा सडक, वर्षाको पानी र समय समयमा भइरहने नाराजुलुसका कारण ट्राफिक जाम बढी हुने गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली उपत्यकाका मुख्य सडकमा सवारीसाधनको चाप बढी भएको बेला हुने आन्दोलन, हड्ताल र वर्षाका कारण बढी ट्राफिक जाम हुने गरेको बताउछन् । “त्रिपुरेश्वर, कालिमाटी, भोटेवहाल, थापाथली, माइतीघर, कलंकी, जमल, केशरमहल, खानी विभाग, स्रोहखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडिबुटीलगायत चोकमा ट्राफिक जाम अत्यधिक हुने गरेको छ”, उनले भने ।
उपत्यकाका मुख्य चोकमा अहिले पाँचदेखि सात मिनेटसम्म रोकिनुपर्ने अवस्था छ । वर्षा र नाराजुलुसको समयमा घण्टौँ सवारी साधन जाम हुने गरेको छ । “कार्यालय खुल्ने र बन्द हुने समयमा एक्कासी सवारीसाधनको चाप बढ्छ र धेरै बेरसम्म रोकिनुपर्छ”, मैनालीले भने । धेरै सवारीसाधन, सडक निर्माण र जथाभावी सवारीसाधन रोक्दा अत्यधिक ट्राफिक जाम हुने गरेको महाशाखाले जनाएको छ । कलंकी–थानकोट, चावहिल–साँखु, बल्खु– दक्षिणकाली क्षेत्रमा सडक कालोपत्र छैन ।
तीनकुने, त्रिपुरेश्वर, गोंगबुलगायतका क्षेत्रमा पानी परेको बेला निकाश नहुँदा बढी ट्राफिक जाम हुने गरेको छ । यस्तै, उपत्यकामा दिनहुँ हुने अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सवारीका कारणसमेत ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ । हाल काठमाडौँ उपत्यकामा एक हजार ८५ ट्राफिक प्रहरीको दरबन्दी भए पनि एक हजार ४०० ट्राफिक प्रहरी मात्र कार्यरत छन् । उपत्यकामा करीब दुई हजार ट्राफिक प्रहरीको आवश्यकता छ । आवश्यकता अनुसार दरबन्दी नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
बाग्मती अञ्चलमा ११ लाख सवारीसाधन दर्ता भएका छन् । काठमाडौँ उपत्यकामा मात्र झण्डै आठ लाख सवारीसाधन प्रयोगमा छन् । उपत्यकामा एक हजार ५०० किलोमिटरको हाराहारीमा सडक छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LHfk5q via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

