Loading...
Loading...
सरकारमा रहँदा मरे-मरोस डाक्टर केसी भन्ने देउवा पुगे टिचिङ हस्पिटल ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । सरकारको नेतृत्व गर्दा चार पटकसम्म अनसन बस्दा त्यो केसीको अनुहार पनि हेर्दिन मरे मरोस भन्दै बालुवाटारमा उफ्रने कांग्रेस सभापति शेरबहादुर देउवा  टिचिङ अस्पताल पुगेर प्रा.डा. गोबिन्द केसीसँग आइएम विथ यू भन्दै लोक हसाउनु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका कांग्रेस सभापति देउवा सत्तामा रहँदा डा. केसी चार पटक आमरण अनसन बस्नुभएको थियो । त्यसबेला देउवाले त्यस्ले भनेको गर्ने हो र ? भन्दै केसीबिरुद्ध आपत्तिजनक शब्दबाण प्रहार गर्नुभयो ।

नेपाली कांग्रेसकै युवा नेताहरु डा. केसीको जायज माग पूरा गर्नूपर्छ भन्दै बालुवाटार पुग्दा देउवाले हप्काएर पठाउनु भएको थियो । त्यो दृष्यको सामना गर्नेमा थिए, सुशिल कोइराला प्रधानमन्त्री रहेको बेला प्रेस सल्लाहकार बन्नुभएका कांग्रेस नेता प्रतिक प्रधान, चन्द्र भण्डारी, धनराज गुरुङ । उहाँहरुले डाक्टर केसी मरे ठुलो संकट आउने भन्दै देउवालाई दवाव दिएका थिए । तर देउवाले को हो त्यो फटाह ? त्यस्ले भनेको सवै मान्नु पर्ने ? हुँदैन, भन्दै फर्काउनु भएको थियो ।

यो कुरा बालुवाटारमा उपस्थित सवैले अनुभुति गरेका थिए । तर शुक्रवार देउवा आफ्नो अनुहार छोप्दै त्रिबि शिक्षण अस्पताल पुग्नुभयो । टिचिङको गेटबाट भित्र छिर्दै उहाँको दाँया हात पटक पटक नाक भन्दा माथिल्लो भागमा पसिना पुछन लम्कियो । जव भित्र प्रवेश गर्नुभयो देउवा, डा केसीलाई जसरी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई झुकाउन अनुनय बिनय गर्नुभयो ।

डा केसीकै बहानामा सरकारबिरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाएर काम गर्न नदिई समृद्धि रोक्ने सभापति देउवाको योजना रहेको छ । डा केसीसँगको भेटमा उहाँले त्यही संकेत गर्नुभयो । आफ्नो पार्टीले आन्दोलन थालिकसेको भन्दै देउवाले जसरी हुन्छ, प्रधानमन्त्री ओलीलाई झुकाएर काम गन नदिन उक्साउनु भयो ।

२१ दिनदेनि अनशनरत डा गोविन्द केसीलाई भेट्न त्रिवि शुक्रवार दिउसो शिक्षण अस्पताल पुग्नुभएका देउवाले डा केसीको साथका कांग्रेस रहेको र केसीको समर्थन पनि कांग्रेसलाई नै रहेको भन्दै भिडन सुझाउनु भएको हो । तपाई हामी जस्तै प्रजातन्त्रवादी, चुनावमा सहयोग नै गर्नुभयो, अव हामी पनि तपाइलाई सहयोग गर्छौं, बिगतमा के भयो त्यतातिर नलाग्नोस, अव हामी मिलेर ओली झुकाउन काम गरौं,’ देउवाको भनाई उधृत गर्दै प्रत्यक्षदर्सीले भने, ‘ओलीलाई ब्रेक लगाउन तपाइको भुमिका हुनुपर्छ, सवै माग पूरा नभएसम्म तपाई लडनोस, हामी पनि लडछौं ।’

डा केसीलाई भेटेपछि देउवाले केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको भन्दै सरकारबिरुद्ध खनिनु भयो । ‘लोकतन्त्रमा एक जना नागरिक पनि निकै बलियो हुन्छ, तर डा केसीको पछाडि हामी लाखौ छौं,’ बाहिर आएर देउवाले भन्नुभयो । देउवाले कांग्रेसका सवै नेता कार्यकर्ता केसीको साथमा रहेको भन्दै अरु पार्टीको साथ खोज्न जरुरी नरहेकोसमेत डा. केसीसामु राख्नुभएको थियो । देउवाको संकेत बिवेकशील साझा पार्टीलाई केसी आन्दोलनको जस जानै नहुनेतर्फ थियो ।

‘कांग्रेस छँदै छनि, कांग्रेसका सम्पादक प्रकाशक भएका पत्रिका छँदैछन नि, के को चिन्ता ? बस, झुकाएर उस्ले भनेअनुसार काम गर्न दिनुहुन्न, यही हाम्रो कुरा हुनुपर्छ,’ देउवाो भनाई उधृत गर्दै एक चिकित्सकले भने । देउवाअघि कांग्रेसकै अर्का नेता अर्जुननरसिंह केसी पनि डा. केसीलाई भेटन पुग्नुभएको थियो ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O97E9B via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.