Loading...
Loading...
नीलकण्ठ उप्रेती भारत र उदयराज पाण्डे मलेसियाका लागि राजदूत सिफारिस
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। सरकारले भारत र मलेसियाका लागि नेपाली राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा नीलकण्ठ उप्रेती र मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेलाई सिफारिस गरेको हो ।

उप्रेति पूर्व प्रमुख निर्वाचन आयुक्त हुन् भने पाण्डे यसअघि साउदी अरेबियामा राजदूत थिए।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले १० महिना अघि राजीनामा दिएपछि त्यहाँ राजदूत पद रिक्त छ। भारतीय नाकाबन्दीका बेला तत्कालीन ओली सरकारले उपाध्यायलाई फिर्ता बोलाएपनि त्यसपछिको सररकाले नियुक्त गरेको थियो। तर, उनी राजीनामा दिएर चुनावमा हिँडेका थिए।

सरकारले हालका लागि रिक्त रहेका चार मुलुकमा राजदूत नियुक्तिको तयारी थालेकोमा सोमवार दुईवटा मुलुकका लागि मात्र सिफारिस भएका छन्।

नेपालले तत्कालका लागि रिक्त रहेका भारत, मलेसिया, संयुक्त अरब इमिरेटस् र संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क) राजदूत पठाउन गृहकार्य थालेको हो।

क्यानडा, दक्षिण अफ्रिका, थाइल्यान्ड, फ्रान्स, कुवेत, ब्राजिल र राष्ट्रसंघीय नियोग जेनेभामा पनि केही महिनामै राजदूत खाली हुँदैछन्।

नेपालका विभिन्न ३० मुलुकमा दूतावास छ। न्युयोर्क, जेनेभा र भियनामा राजदूतस्तरको स्थायी नियोग छ। यसैगरी, ६ स्थानमा महावाणिज्य दूतावास र ६५ स्थानमा अवैतनिक महावाणिज्य एवं वाणिज्य दूतावास छन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ur0OnG via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.