Loading...
Loading...
‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइन’ ?-नेमकिपाका सांसद प्रेम सुवाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले कोसी, गण्डक र कर्णालीलगायतका सम्झौता खारेज गरी नेपाली आफैंले बनाउनुपर्ने बताएका छन् । संसद बैठकमा बजेटमाथिको छलफलमा बिहीबार भाग लिँदै सांसद सुवालले राष्ट्रिय महत्वका आयोजनाहरु नेपाल आफैंले बनाउनु उपयुक्त हुने बताएका हुन् ।

त्यस्तै उनले सुन तस्करीमा ‘ठुला माछा र साना माछा’ भनेर आएका जिम्मेवार व्यक्तिको अभिव्यक्तिले ‘ठूला माछा भनेको प्रधानमन्त्री नै त होइन’ भनेर प्रश्न गरे । उनले रेल र पानी जहाजको ठूलो कुरा होइन, तर बालुवाटरको भ्रष्टचार नियन्त्रण ठूलो कुरा भएको पनि दावी गरे ।
उनले ४८० मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ घटाउनु राष्ट्रवाद नभएको जनाए ।

उनले प्रदेश तीनको राजधानी मकवानपुरमै बनाउनु पर्ने भन्दै राजधानी राख्ने ठाउँ काठमाडौ उपत्यकामा नभएको बताए । ‘मेलम्चीको पानीले सडक धुने भनेको २९ बर्ष वित्यो । सिंहदरवारको अधिकार गाउँगाउँमा भनियो । तर, कालिकोट सदरमुकामको चामल गाउँमा पुगेन, मुस्ताङको स्याउ काठमाडौ आएन’ उनले व्यवहारमा संघीयता कार्यान्वयन नभएकोमा रोष प्रकट गरे ।

उनले ४८० मेगावाट विद्युत भारतबाट किनेर लोडसेडिङ घटाउनु राष्ट्रवाद नभएको जनाए । सांसद सुवालले आफूले दिएका सुझावहरु बजेटमा नपरेकाले नेमकिपाले बजेटप्रति असहमति जनाएको जनाए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JgphVf via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.