Loading...
Loading...
नेकपा एकतापछि प्रचण्ड र देउवाबीच पहिलो भेट : देउवालाई यस्तो आश्वासन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं– ‘कम्युनिष्ट मिल्दा अधिनायकवाद आउँछ कि भन्ने चिन्ता नलिनुस्, हामी अधिनायकवाद ल्याउन मिलेका होइनौं । विचार मिल्नेहरु मिल्न सम्भव हुन्छ । विचार नमिल्नेसँग सहकार्य गर्छौं, हाम्रो कसैलाई पनि निषेध गर्ने नीति छैन । विश्व परिस्थितिले हामीले चाहेर पनि काँग्रेसलाई निषेध गर्न सक्दैनौं, गर्नु पनि हुँदैन ।’

जेठ १५ गते बिहान काँग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित कार्यक्रममा नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘शान्ति सम्झौताका हस्ताक्षरकर्ता गीरिजा र प्रचण्डलाई विश्वस्तरमा स्थापित गर्ने किन जाँगर चल्दैन रु’ हाम्रोजस्तो शान्ति सम्झौता यूरोप, ल्याटिन अमेरिका वा अमेरिकामा भएको भए त्यसको चर्चा दिनदिनै हुन्थ्यो । तर, हामी गरीब र सानो मूलुक भएकाले भएन ।’

गत जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनाइएको थियो । यो एकतालाई काँग्रेसका नेताहरुले अधिनायकबाद जन्मने खतराका रुपमा बुझिहरेका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेस टु फेस भएको थिएन ।

पार्टी एकताको १२ दिनपछि यि दुई नेताबीच फेस टु फेस पनि भयो । कार्यक्रम थियो– ‘गणेशमान सिंहको स्मृति र गणतन्त्रको स्थापनाका अवसरमा कांग्रेसले शान्तिबाटिकामा गरेको कार्यक्रम।’ यसअघि सार्वजनिक कार्यक्रममै काँग्रेस नेताहरुले दुई पार्टी एकतापछि लगातारजसो एकताप्रति लक्षित गर्दै ओरोपका गोली नै बर्साउने गरेका थिए ।

त्यसको जवाफ दिदै मंगलबार अध्यक्ष प्रचण्डले आफुहरु अधिनायकबादको बाटोमा नजाने भन्दै ढुक्क हुन आग्रह गर्दै सहयोग गर्न आग्रह गरे ।
‘हामी राजनीतिक स्थिरताको नयाँ ठाउँमा आएका छौं’ प्रचण्डले भने, ‘तर हाम्रो व्यापार घाटा हेर्दा अवस्था निकै भयावह छ । आर्थिक विकास र समृद्धिको नयाँ संघर्षमा हामीले जित्नुछ । हामी रिल्याक्समा छैनौं, अग्निपरीक्षामा छौं । यो परीक्षामा हामी पास हुनैपर्छ ।’

गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरे । उनले भने, ‘भूमिगत अवस्थामा म दाङमा थिए, देउवाजी प्रधानमन्त्री हुुनुहुन्थ्यो, त्यो बेला मेरो उहाँसँग फोनमा कुरा भएको थियो । तात्कालीन एमालेका नेताहरुसँग पनि हामीले पटकपटक छलफल गरेपछि सहमतिको वातावरण बन्यो, गणतन्त्र सानो मेहेनतले आएको होइन ।’

‘गणतन्त्र ल्याउन रोल्पामा वार्ता भयो, मैले पनि धेरै नेताहरुसँग कुरा गरे’ प्रचण्डले भने, ‘गीरिजाबाबूसँग धेरैपटक कुराकानी भयो, चक्र बास्तोला, कृष्ण सिटौला लगायतका नेताहरुले भूमिका खेल्नुभयो । एमालेका पनि नेताहरुले राम्रो भूमिका खेल्नुभयो । हामी मिल्यौं । गणतन्त्र आयो । गिरिजाप्रसाद कोइरालाको टावरिङ पर्सानालिटी नभएको भए गणतन्त्र आउन अझै समय लाग्थ्यो ।’

प्रचण्डले सरकारमा बहुमत भएपनि राष्ट्रिय मुद्धामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताए । उनले भने, ‘जति–जति बेला कम्युनिष्ट र कांग्रेस मिलेका छौं, त्यो बेला देशले जितेको छ । पहिलो संविधान सभामा हामी मिल्न सकेनौं, देशले दुख पायो । भूकम्पपछि हामी मिल्यौं र संविधान बन्यो । २०४६ सालको आन्दोलन, २०६३ को जनआन्दोलन र गणतन्त्र पनि हामी मिलेका कारण सम्भव भएको हो । राष्ट्रिय मुद्धा र हितमा हामी फेरि पनि मिल्नुको विकल्प छैन ।’
‘देशलाई एकतावद्ध गर्न मैले धेरै मेहेनत गरेको छु, मधेशमा समस्या थियो’ प्रचण्डले भने, ‘मैले सबैसँग सहकार्य गर्ने नीति लिएँ, देशमा चुनाव भयो । अहिले सबैले संविधानको अपनत्व लिने अवस्था आएको छ, यो साना दुखले भएको होइन ।’

कार्यक्रममा नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले संविधान सर्वस्वीकार्य भइसकेको दाबी गरे भने कांग्रेसका नेता कृष्ण सिटौलाले सबै जनताका हितमा हुनेगरी संविधान संशोधन गर्नुपर्ने बताए ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JcZxJv via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.