Loading...
Loading...
अब के होला ? प्रधानन्यायाधीशको उमेर विवादमा , ६५ वर्ष पुग्न अझै १३ महिना !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ ।  सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको अर्को जन्ममिति भेटिएको छ  । जस अनुसार उनी अहिले ६३ वर्षका मात्रै भएका छन् । परीक्षा नियन्त्रण कार्यालय भक्तपुरमा रहेको रेकर्डमा पराजुलीको जन्म २०११ वैशाख १३ गते रहेको भेटिएको हो ।

न्यायपरिषद्ले पराजुलीको उमेर सत्यापनका लागि पत्र पठाएपछि पनिकाले बुधबार त्यसको जवाफ दिएको हो । पनिकाले न्यायपरिषद्लाई पठाएको चलानी नम्बर ४२४ को पत्र अनुसार  पराजुली ६३ वर्ष १० महिना १७ दिनका भएका छन् ।

संवैधानिक व्यवस्था अनुसार पराजुलीको  उमेर हद ६५ वर्ष तोकिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र

फरक फरक उमेरका कारण पराजुली विवादमा तानिएका थिए । न्याय परिषद्ले बुधबारै पराजुलीको नाममा एक पत्र पठाउँदै २०७४ साउनमै ६५ वर्ष पुगेकाले त्यतिबेलै उनले अवकाश पाइसकेको जनाएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पराजुलीबाट सपथ खानुअघि प्रन्या पराजुलीले साउनमै अवकाश लिइसकेको भन्दै न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले पत्र लेखेपछि न्यायक्षेत्र तरङ्गित भएको छ ।

उमेर विवाद

प्रन्या पराजुलीका फरक फरक जन्ममिति भएकाले विवादमा परेका थिए । न्याय परिषदमा भएका कागजातमा पराजुलीको उमेर २१ साउन २००९ र १६ वैशाख २०१० थिए । पनिकाको पछिल्लो पत्रअनुसार अब उनको उमेर १३ वैशाख २०११ कायम भएको छ । पराजुली २००९ साउन २१ गते जन्मिएको भन्दै न्यायपरिषद्का सचिवले उनी २०७४ साउन २१ मै अवकाशमा गइसकेको भन्दै पराजुलीलाई पत्र लेखेका थिए ।

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले न्यापपरिषद्लाई पठाएको जबाफ

पनिका सानोठिमीबाट बुधबारै प्राप्त पत्र अनुसार जन्ममिति १३ वैशाख २०११ पनि भएपछि अब पराजुली अवकाशमा जान एक वर्ष एक महिना १३ दिन रहने देखिएको हो । उमेर विवादमा पहिले अवकाश हुने मिति कायम हुने व्यवस्था छ ।

पराजुलीले यसअघि एक वर्ष उमेर घटाएको भन्दै चर्को विवाद भएको थियो । उनले आफ्नो जन्म मिति एक वर्ष घटाएर वि।सं।२०१० साल वैशाख गते कायम गरेको आरोप थियो । उनले कात्तिक २०४८ मा पुनरावेदन अदालतको न्यायाधीशबाट न्याय सेवा प्रवेश गर्दा पेश गरेको नागरिकता प्रमाणपत्रका आधारमा न्यायपरिषदले कायम गरेको जन्ममिति हो, वि।सं २००९ साल साउन २१ गते रहेको जनाइएको थियो ।

यसअघि २०७३ वैशाखमा न्याय परिषदले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति २०१० बैशाख १६ गतेलाई सदर गरेको थियो ।

परिषदले प्रधानन्यायाधीशका लागि पराजुलीसहित ६ जनाको नाम सिफारिस गर्दाप उनको उमेर २०१० बैशाख १६ गते कायम गरिएको जानकारी संवैधानिक परिषदलाई गराएको थियो ।

त्यो बेला पराजुलीको नागरिकतामा उमेर २१ वर्ष उल्लेख थियो । तर, जन्ममिति उल्लेख थिएन । त्यो बेला शैक्षिक प्रमाणपत्रहरुमा जन्ममिति २०१० बैशाख १६ गते रहेको जनाइए पनि पनिकाको रेकर्डमा नयाँ खुलासा भएको छ । उमेर विवाद देखिएपछि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले पराजुलीको उमेर २००९ साउन २१ गते कायम गरी सिफारिस गरेकी थिइन् ।

के छ संवैधानिक प्रावधान ?

नेपालको संविधान २०७२ को धारा १३१ मा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने प्रावधानको व्यवस्था गरिएको छ । धारा १३१ ले प्रधानन्यायाधीश र न्यायाधीशको अवकासबारे यसो भनेको छ ।

प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेस् देहायको कुनै अवस्थामा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछस्– ९क० निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, ९ख० निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा, ९ग० निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, ९घ० शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधान न्यायाधीशको हकमा संवैधानिक परिषद र सर्वोच्च अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा, ९ङ० निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा, ९च० निजको मृत्यु भएमा ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GxfHK9 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.