भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कानून मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले संविधान निर्माणपछिको सरकार भएको हुँदा संविधानको मर्मअनुसार बनाउनुपर्ने धेरै कानूनहरु बनाउने कामलाई प्राथमिकता दिने बताउनुभयो ।
मन्त्री तामाङले भन्नुभयो, “नागरिकलाई आवश्यकपर्ने कानून बनाउने यो मन्त्रालयको ठूलो महत्व छ, हरेक काम गर्नुअघि कानून जरुरी पर्छ, कानून नभएका कारण नागरिकको काम रोकिनु हुँदैन ।”
मन्त्री तामाङले पछिल्लो समयमा कानूनी क्षेत्रमा केही बेथितिहरु देखिएको र त्यस्ता बेथितिलाई प्रणालीगत सुधार गरेर जानुपर्ने जरुरी देखिएको उल्लेख गर्नुभयो ।
विसं २०२५ चैत १५ सिन्धुलाल्चोक सिन्धुकोट–८ मा जन्मनुभएका तामाङले सरस्वती उच्च मावि सिन्धुपाल्चोकबाट एसएलसी पास गर्नुभएको हो । उहाँले उच्च शिक्षा काठमाडौँ विश्व विद्यालयबाट आइएसी, बिएसी गर्नुभयो । कानूनमा स्नातक गर्नुभएको छ । उहाँले इतिहास, समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । अर्थशास्त्रमा विद्यावारिधी गर्दै हुनुहुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tRQEP7 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

