भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्र तस्करीको हातमा गएको बताएका छन्।
आइतबार आफ्नै मन्त्रालयमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भने, ‘देश विकासको बाधक तस्करी हुन्, देश उनीहरुको इसारामा चलेको छ,’ उनले भने, ‘उनीहरूको अन्त्य नभएसम्म देश यस्तै अवस्थामा रहने निश्चित छ, उनीहरुलाई लखेट्न सचेत नागरिकले साथ दिनुहोस् हामी नेतृत्व गर्ने छौं।’
त्यसैगरी भन्सारमा हुने कर छली, भष्ट्रचार र अवैध कारोबार हुण्डीजस्ता गतिविधिले देशलाई ठूलो नोक्सानी पुर्याएको बताउँदै मन्त्री थापाले अब त्यसलाई रोकथाम गर्न सरकारले कदम चाल्ने बताए।
‘देशको अर्थतन्त्रलाई धरासायी बनाएर आफू मालामाल बन्ने राज्यलाई कर नतिर्ने अनि, अवैध धन्दालाई प्रोत्सान गर्नेहरूले विचार गरे हुन्छ राज्य चुप लागेर बस्दैन’, उनले भने।
देशको सुरक्षा संयन्त्रसमेत अस्तव्यस्त रहेको मन्त्री थापाको भनाई छ। ‘देश विकासको मेरूदण्ड भनेको सुरक्षा क्षेत्र पनि हो, अहिले देशको सुरक्षा संयन्त्र अस्तव्यस्त छ, यसलाई नसुधारेसम्म केही हुनेवाला छैन, हामी विचार गर्दै छौ योजना बनाउँदैछौ, तर त्यसका लागि धेरै ढिलो भईसक्यो,’ उनले भने।
देशमा दिगो विकास हुन पूर्ण शान्तिको प्रत्याभुति हुनुपर्ने भन्दै मन्त्री थापाले जनतालाई प्रत्याभुति हुनेगरी सुरक्षा ब्यवस्था मिलाउने तर्फ सरकार अघि बढेको बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FxQAFC via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

