भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रतिनिधिसभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन निश्चित छ । दुई तिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । वाम गठबन्धन सरकारको पक्षमा झण्डै तीन चौथाई समर्थन प्राप्त गर्ने सम्भावना छ । संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टीलगायतका दल पनि सरकारमा जाने निश्चित भएकाले उनीहरुको पनि समर्थन प्राप्त हुने सत्तारुढ दलको विश्वास छ । राष्ट्रिय जनमोर्चा, राप्रपा लगायत दलका सांसद तथा अन्य केही स्वतन्त्र सांसदले समेत प्रधानमन्त्री ओलीकै पक्षमा मतदान गर्ने सम्भावना रहेको बताइएको छ । प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये एमाले र माओवादी केन्द्रसँग मात्रै १ सय ७४ छन् । राजपाको १७, फोरमको १६ र राप्रपाको १ सांसद जोड्दा सरकारको पक्षमा २ सय ८ मत पुग्छ । चार पार्टीका तीन चौथाइभन्दा बढी सांसद छन् । यी एमाले, कांग्रेस, माओवादी, राजपा र फोरमबाहेक स्वतन्त्र हैसियतमा रहेका ५ सांसद छन् । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी, राप्रपा र नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने १र१ जनाले स्वतन्त्रबाटै चुनाव जितेका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Hn4xXk via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

