भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। सरकारले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सूची संशोधन गरेको हो ।
अब जिल्ला समन्वय समितिका संयोजकले पनि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग गर्न पाउने भएका छन् । तर, गाउँपालिका अध्यक्षलाई भने विशेष राहदानी उपलब्ध गराइने भएको छ ।
बैठकपछि सूचना तथा सञ्चारराज्यमन्त्री गोकुल बाँस्कोटाले प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकसम्मले कूटनीतिक राहदानी पाउने, गाउँपालिका अध्यक्षहरूले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको जानकारी दिए ।
सरकारले रक्षा मन्त्रालयको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । साथै, गत निर्वाचनका वेला विभिन्न स्थानमा भएका बम विस्फोटका घाइतेहरूको उपचार खर्च व्यहोर्ने निर्णय पनि सरकारले गरेको छ ।
स्थानीय प्रशासनले दिएको मुचुल्का र अस्पतालको विल भर्पाईका आधारमा आर्थिक सहायत दिइनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2I6ga5z via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

