भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले यही चैत १५ गते संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यही १५ गते संघीय संसदको पहिलो अधिवेशन बोलाउने निर्णय गरेको हो। दुवै सदनको संयुक्त बैठकलाई आगामी बिहिबार अपरान्ह ४ गते राष्ट्रपतिले सम्बोधन गर्ने मिति तय गरिएको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
बाँकी के के निर्णय भयो मन्त्रिपरिषद बैठकबाट
प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा बाराका अच्युत मैनालीलाई नियुक्त। मैनालीलाई राज्य मन्त्री सरहको सेवा र सुविधा दिने।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा। कुन्दन अर्याललाई नियुक्त। अर्याललाई नेपाल सरकारको विशिष्ट श्रेणीको सेवा, सुविधा उपलब्ध गराउने।
जिल्ला समन्वय समितिका संयोजक र गाउँपालिकाका अध्यक्षलाई पनि कूटनीतिक राहदानी दिने
निर्वाचनका बेला बम विष्फोटमा परी घाईते भएकाहरुको उपचार खर्च व्यहोर्ने।
सरकारले कैलालीको लम्कीस्थित रानीजमरा सिँचाई आयोजनामा प्रयोग हुने जग्गाको क्षतिपूर्ति दिने प्रस्ताव पनि स्विकृत गरेको छ।
अर्थ मन्त्रालयले पेश गरेको घर बहाल सम्बन्धि दोहोरो कर नलिने प्रस्ताव पनि स्वीकृत गरेको छ।
नेपाली सेनाका १३ जना महासेनानीको पदावधि २ वर्ष थप गर्ने निर्णय गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2umLHOl via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

