भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं १ को दुई सदस्यका लागि आज भएको निर्वाचनमा दुवैमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।
विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अपराह्न सम्पन्न मतगणनामा दलित समूहबाट एमालेका खेमराज नेपालीले छ हजार २७० मत प्राप्त गरी विजयी भए ।
।
यस्तै अल्पसंख्यक समूहबाट एमालेकै अगमप्रसाद बान्तवा विजयी भए । बान्तवा छ हजार १३८ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली काँग्रेसका महेश जाजुले दुई हजार ८९८ मत मात्रै प्राप्त गरेको प्रदेश नं १ का सहायक निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिए ।
यसअघि, महिलाको तीन पद र खुलाको तीन पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । कूल आठ स्थानमा एमालेका पाँच, काँग्रेसका दुई र नेकपा ९माओवादी केन्द्र० को एकजना निर्वाचित भएका छन् ।
यसअघि निर्विरोध निर्वाचित हुनुहुनेमा खुला समूहबाट एमालेका पर्शुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी र काँग्रेसबाट रमेशजंग रायमाझी छन् । त्यस्तै, महिला समूहबाट एमालेका नैनकला ओझा, माओवादी केन्द्रका विना पोखरेल र काँग्रेसका सरिता प्रसाईं छन् ।
यता प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई आज प्रमाणपत्र वितरण गरियो । चुनावअघि नै निर्विरोध भएकाले प्रदेश नम्बर २ मा आज चुनाव भएन ।
प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली काँगे्रसका मुक्ताकुमारी यादव र नेकपा ९माओवादी केन्द्र०का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, खुलातर्फ काँग्रेसका जीतेन्द्रनारायण देव, राष्ट्रिय जनता पार्टी नेपालका रमेशप्रसाद यादव र नेकपा एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश नं ३ मा आठ जना निर्वाचित भएका छन् ।
निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको प्रदेश नं ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिए ।
उनका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल ९पार्वती० र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भएका छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट रामबहादुर थापा बादल विजयी भएका छन् । काँग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए । प्रदेश नं ३ मा आठ पदका लागि १४ उम्मदेवार प्रतिस्पर्धामा थिए ।
प्रदेश नं ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार ४ नम्बर प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली काँग्रेसकी बिन्दादेवी आले ९राना० तथा नेकपा ९एमाले०का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।
त्यस्तै दलित तर्फबाट नेकपा ९माओवादी केन्द्र०का खिमकुमार विक निर्वाचित भएका छन् भने अन्य समूहका तीन जनामा काँग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन् ।
अपाङ्गतर्फबाट काँग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । आजको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।
प्रदेश नं ५ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतपरिणाम पनि घोषणा गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत हेमन्तकुमार रावलका अनुसार दलिततर्फ नेकपा ९एमाले०का उम्मेदवार रामलखन चमार विजयी भएका छन् ।
चमारको मतभार पाँच हजार ५०८ रहेको छ भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मैकुलाल वाल्मिकीको मतभार दुई हजार ३७० रहेको छ । त्यसैगरी, अपाङ्ग तथा अल्पसंख्यकतर्फ नेकपा ९माओवादी केन्द्र०का राजकुमार कुँवर विजयी भएका छन् । उनको मतभार पाँच हजार ३४० रहेको छ भने उनका प्रतिद्वन्द्वी काँग्रसका लुटबहादुर खत्रीको मतभार दुई हजार ५२० रहेको छ ।
त्यसैगरी, खुल्ला तीन पदमा एमाले, काँग्रेस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका खिमलाल भट्टराईको मतभार तीन हजार ६, काँग्रेसका दुर्गाप्रसाद उपाध्यायको मतभार दुई हजार ४१८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्काको मतभार दुई हजार २८० रहेको मुख्य निर्वाचन अधिकृत रावलले जानकारी दिए ।
तीनै उम्मेदवारले ल्याउनुपर्ने भन्दा बढी मत पाएका कारण विजयी भएको घोषणा गरिएको छ । एकल संक्रमणीय निर्वाचन प्रणालीमा एक जना उम्मेदवारले एक हजार ९६१ मत ल्याउनुपर्ने थियो । तीन महिला भने यसअघि नै र्निविरोध निर्वाचित भइसकेका छन् ।
प्रदेश नं ५ मा ३०५ मतदाता रहेकामा ३०३ मत खसेको थियो । मतदानमा दुई जना अनुपस्थित रहे । रुपन्देहीबाट राष्ट्रिय जनता पार्टी नेपालबाट समानुपातिक सांसद बनेकी बीना पन्त र बाँकेबाट सङ्घीय समाजवादी फोरमबाट नरैना गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह अनुपस्थित रहे ।
प्रदेश नं ५ मा प्रदेशसभाका ५५ पुरुष र महिला ३१ गरी ८६ तथा स्थानीय तहबाट ११६ पुरुष र १०१ महिला गरी २१७ जनाले मतदान गरेका थिए ।
प्रदेश नम्बर ६ बाट राष्ट्रियसभामा बाम गठबन्धनले क्लिन स्विप गरेको छ । बुधबार अबेर सम्पन्न मतपरिणाम अनुसार गठबन्धनका नरपती लुहार ,जीवन बुढा ,कविता वोगटी, यूटोल तामाङ , नन्दा शर्मा , कालीवहादुर मल्ल, भैरवसुन्दर श्रेष्ठ र ठगेन्द्र पुरी विजयी भएका छन् ।
बुधबार भएको मतदानमा कुल १९८ जना मध्ये प्रदेश सभा सदस्यहरु ४० र स्थानीय तहका प्रमुख उपप्रमुख गरि १५० जनाकोसहभागिता रहेको थियो ।
७ नं प्रदेशमा भएको निर्वाचनमा नेकपा ९एमाले०का चक्रप्रशाद स्नेही र नेकपा ९माओवादी केन्द्र०का महेशकुमार महरा निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत जयानन्द पनेरुले दलित समूहका तर्फबाट विजयी एमालेका स्नेहीले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत प्राप्त गरी विजयी भएको जानकारी दिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेरीराम पार्कीले स्थानीय तर्फ ७३ र प्रदेशतर्फ १२ मत आए ।
यस्तै अल्पसंख्यक तथा अपाङ्गतर्फ माओवादी केन्द्रका महरा विजयी भए । उनले स्थानीयतर्फ १२२ र प्रदेशसभातर्फ ३९ मत पाए । उनका प्रतिद्वन्द्वी काँग्रेसका छत्रराज जोशीले स्थानीयतर्फ ७४ र प्रदेश सभा तर्फका १२ मत पाए ।
निर्वाचनमा स्थानीयतर्फको एक मत बदर भएको निर्वाचन अधिकृत पनेरुले बताए ।
७ नं प्रदेशको कुल मतदाता २२९ मध्ये २२७ मतदाताले मतदान गरेका थिए । स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र प्रदेशसभाका सांसद राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाता हुने व्यवस्था छ ।
प्रत्येक प्रदेशबाट राष्ट्रियसभाका आठ सांसद हुनुपर्नेमा ७ नं प्रदेशवाट खुल्लातर्फ काँग्रेसका बद्रीप्रसाद पाण्डेय, एमालेका शेरबहादुर कुँवर र माओवादी केन्द्रका हरिराम चौधरी र महिला सदस्यमा एमालेकी इन्दु कडरिया तथा कमलाकुमार ओली, काँग्रेसकी तारादेवी भट्ट यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् । डोटीको सिलगढीमा निर्वाचन भएको थियो ।
निर्विरोध हुनेको सूची
एमालेबाट निर्विरोध निर्वाचित सांसदहरु
१।परशुराम मेघी गुरुङ
२।हरिचरण शिवाकोटी
३।नैनकला ओझा
४।सुमनराज प्याकुरेल
५।कोमल ओली
६।मीना बुढा
७।शेरबहादुर कुँवर
८।इन्दु कडरिया
९।कमलाकुमारी ओली
काँग्रेसबाट निर्विरोध हुनेहरु
१।रमेशजंग रायमाझी
२।सरिता प्रसाईं
३ जीतेन्द्रनारायण देव
४।मुक्ताकुमारी यादव
५।प्रकाश पन्थी
६।अनिता देवकोटा
७। बद्री पाण्डे
८।तारादेवी भट्ट
माओवादी केन्द्रबाट निर्विरोध भएकाहरु
१।वीना पोखरेल,
२।शशीकला दाहाल
३। हरिराम चौधरी
संघीयसमाजबादी फोरमबाट
१। रामपुत पासवान
२। प्रमिला कुमारी
राजपाबाट निर्विरोध हुने सांसद
१।रमेशप्रसाद यादव
२।वृषेशचन्द्र लाल
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BKv4z4 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

