Loading...
Loading...
मनोनयपत्र दर्ता गर्दा उम्मेद्वारले के–के प्रमाण जुटाउनुपर्छ ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं।  निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगले सातै प्रदेशका उच्च अदालत रहेका मोरङ, धनुषा,ललितपुर,कास्की,दाङ,सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो ।

उम्मेद्वारले मनोनयनपत्र दर्ता गराउन जाँदा उम्मेद्वारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको मतदाता नामावलीको उतार, १० हजार रुपैयाँ धरौटी जम्मा गरेको नगदी रसीद वा बैङ्क भौचर, दलको उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र उपलव्ध गराउनुपर्ने जनाएको छ । त्यस्तै दलित समूहबाट निर्वाचित हुने सदस्य पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका÷ नगरपालिका वा अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्नेछ ।

यसैगरी अपाङ्गता भएको वा अल्पसङ्ख्यक समूहबाट निर्वाचित हुने पदका लागि उमेद्वारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपाङ्गताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसङ्ख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिकारनगरपालिका तथा नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अल्पसङ्ख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

उम्मेदवार हुनका लागि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाता रहेको हुनुपर्ने र ३५ वर्ष पूरा भएको हुनुपर्नेछ । त्यसरी मतदाता नामावलीमा नाम रहेको उम्मेदवारले सात प्रदेशमध्ये जुनसुकै प्रदेशमा पनि उम्मेदवारी दर्ता गराउन सक्ने छ तर त्यसका लागि समर्थक र प्रस्तावक भने जुन प्रदेशमा उम्मेदवारी दर्ता गराउने हो, त्यही प्रदेशको हुनुपर्ने व्यवस्था रहेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनको मतदान माघ २४ गते बुधबारको हुँदैछ । यसैबीच प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ १० गते शान्तिपूर्ण र उत्साहजनकरूपमा उम्मेदवारी मनोनयन दर्ताका लागि दलहरूलाई आह्वान गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन चिह्न प्राप्त गरेका २१ राजनीतिक दलका लागि आयोगले मंगलबार काठमाडौमा आयोजना गरेको ‘मतदान तथा मतगणनासम्बन्धी अभिमुखीकरण कार्यक्रम’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख आयुक्त डा। यादवले यस्तो धारणा राखेका हुन् ।

उनले राष्ट्रिय सभा सदस्य निर्वाचनको उम्मेदवारी मनोनयनपत्र दर्ताको सबै तयारी पूरा भएकाले कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरू र मिडियामार्फत भोलि सातवटै प्रदेशमा उत्साहजनकरूपमा उम्मेदवारी दर्ताका लागि आग्रह पनि गरे ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rxtM6f via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.