भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तीन केन्द्रीय सदस्यसहित आधा दर्जनबढि निवर्तमान सांसद्हरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाएको छ। पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएलगत्तै उनीहरुले बुधबार सम्बन्धीत प्रदेशको निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन्।
कांग्रेसले तीन युवा केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे र सरिता प्रसाईलाई मैदान उतारेपछि १३औं महाधिवेशनबाट निर्वाचित छ केन्द्रीय सदस्य राष्ट्रियसभाको उम्मेदवार हुनबाट पनि बन्चित भएका छन् । प्रत्यक्ष र समानुपातिक दुबै सूचीमा परेका छैनन् । प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फको टिकट मागेका गरु घिमिरे र कल्याण गुरुङलाई पार्टी नेतृत्वले राष्ट्रियसभा उम्मेदवार बनाउने आश्वासन दिएका थिए । बद्री, राधेश्याम अधिकारी, जितेन्द्र देव, मुक्तकुमारी यादव, अनिता देवकोटा, मैकुलाल बालमिकी निवर्तमान सांसद् हुन।
राष्ट्रियसभाको ५६ सदस्यका लागि २६ नेतालाई उम्मेदवार बनाएको कांग्रेसले प्रदेश एकबाट प्रदेश १ रमेशजंग रायमाझी, सरिता प्रसाईँ ९महिला०, विनकुमार विश्वकर्मा ९दलित० र महेश कुमार जाजु९अल्पसंख्यक०लाई मैदान अघि सारेको हो । खुलातर्फको उम्मेदवार बनेका मोरङका राममाझी नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा छन् । नेता खुमबहादुर खड्कासँग निकट सम्बन्ध राख्ने रायमाझी दोस्रो संविधानसभा निर्वाचनमा मोरङ–८बाट पराथीत भएका थिए । पेसाले उनी चलचित्र निर्माता पनि हुन। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी झापाकी प्रसाई निवर्तमान सांसद् पनि हुन। हाल कृषी राज्यमन्त्रीको जिम्मेवारीमा रहेकी उनी नेता रामचन्द्र पौडेलसँग निकट छिन्।
अल्पसंख्यकबाट उम्मेदवार बनेका मोरङका जाजु व्यवसायी हुन । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसको समानुपातिक सूचीमा नाम भएपनि तत्कालीन सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवाबीच निर्वाचनमा सहयोग गरेका व्यवसायीलाई समेट्ने विषयमा विवादपछि उनीसहित आधा दर्जन व्यवसायी सांसद् हुनबाट बन्चीत भएका थिए । झापा स्थायी घर भएका विनकुमार नेपाली कांग्रेस विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यालय सचिव थिए । दलीत कोटाबाट प्रतिनिधिसभातर्फ समानुपातिकको दोस्रो नम्बरमा उनको नाम थियो । सुनसरी –१ मा संघीय समाजवादी फोरमलाई कांग्रेसले सहयोग गर्ने निर्णयपछि उनको नाम हटाएर केन्द्रीय सदस्य मीन विकको नाम दोस्रो नम्बरमा राखिएको थियो।
प्रदेश नम्बर दुईमा संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपालसँग तालमेल गरेको कांग्रेसले जितेन्द्र देव र मुक्तादेवी यादवलाई उम्मेदवार बनाएको छ। तत्कालीन फोरम लोकतान्त्रिकको उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका देव हाल पर्यटनमन्त्री छन् । निर्वाचनअघि फोरम लोकतान्त्रिक कांग्रेसमा विलयपछि सप्तरी घर भएका देव एमाले हुँदै फोरम नेपाल हुँदै हाल कांग्रेसमा आइपुगेका हुन्। धनुषा घर भएकी यादव २०७० को संविधानसभामा तत्कालीन पार्टी सभापति सुशील कोइराला कोटाबाट समानुपातिक सांसद् बनेकी थिइन् । पेसाले शिक्षक यादव नेपाल शिक्षक संघको राजनीति हुँदै दोस्रो संविधानसभामा सांसद् बन्न पुगेकी थिइन्।
प्रदेश तीनबाट कांग्रेसले काठमाडौंका राधेश्याम अधिकारी, ललितपुरका धना खतिवडा, भक्तपुरका मदनकृष्ण श्रेष्ठ र काठमाडौंकै हरिशरण नेपालीलाई उम्मेदवार बनाएको छ । वरिष्ठ अधिवक्तसमेत रहेका अधिकारी पहिलो र दोस्रो संविधानसभामा सरकारले मनोनित गर्ने कोटाबाट सभासद थिए । बिबेकशिल साझा पार्टीकोसमेत रोजाइमा परेका अधिकारीले कांग्रेसको निर्वाचन समितिमा बसेर पनि काम गर्दै आएका छन्।
नेपाल महिला संघकी महासचिव खतिवडा पार्टी महाधिवेशन प्रतिनिधि हुन । नेता कृष्णप्रसाद सिटौलासँग निकट खतिवडा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेल नेतृत्वको प्रशिक्षण प्रतिष्ठान विभागमा बसेर काम गरिसकेकी छिन् । भक्तपुरका श्रेष्ठ पार्टीका पुराना नेता हुन । पार्टी १३औं महाधिवेशनमा केन्द्रीय सदस्य पराजीत श्रेष्ठ मध्यपुरठिमी पूर्वमेयर हुन। नेपाल दलीत संघका पूर्व कोषाध्यक्ष नेपाली पार्टी महाधिवेशन प्रतिनिधि छन्।
त्यस्तै, प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे ९खुला०, बृन्दा राना मगर ९महिला०, जितबहादुर नेपाली ९दलित०, प्रकाश पन्त ९अपांग०लाई उम्मेदवार बनाएको छ । गोरखा घर भएका केन्द्रीय सदस्य पाण्डे नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा सक्रिय छन् । दोस्रो संविधानसभा र पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा अन्तिम समयमा पाण्डे उम्मेदबार हुनबाट बन्चीत भएका थिए । तनहुँकी मगर र पर्वत घर भएका नेपाली दुबै पार्टी महाधिवेशन प्रतिनिधि हुन।
कांग्रेसले प्रदेश पाँचबाट दुर्गाप्रसाद उपाध्याय ९खुला० अनिता देवकोटा ९महिला०, मैकुलाल वाल्मीकि, ९दलित० र लुटबहादुर खत्री ९अपांग० उम्मेदवार बनेका छन् । उपाध्याय रुपन्देही–४का क्षेत्रीय सभापति हुन । सोही क्षेत्रबाट चार पटक क्षेत्री सभापति बनेका उपाध्याय पत्नी प्रदेशतर्फको समानुपातिक सूचीमा नाम नअटेपछि कांग्रेसले उनलाई उम्मेदवार बनेको हो । दाङकी कांग्रेस नेत्री देवकोटा र बाँके घर भएका मैकुलाल निर्वतमान सांसद् हुन ।
प्रदेश छबाट विष्णुबहादुर शाही ९खुला०, सूर्यदेवी मल्ल ९महिला०, सीताराम विक ९दलित० र गोपालप्रसाद शर्मा ९अपांग०लाई उम्मेदवार बनाएको छ । कालिकोटाका शाही पञ्चायतविरुद्ध सक्रिय हुँदा जेल सजाय भोगीका नेता हुन । शर्मा २०५५ साल साउन ११मा माओवादीको तेजाब आक्रमणबाट आँखा गुमाएका रुकुमका नेता हुनभने मुगुकी मल्ल पार्टी राजनीतिमा सक्रिय नेत्री हुन।
प्रदेश सातबाट केन्द्रीय सदस्य बद्री पाण्डे ९खुला०, तारादेवी भट्ट ९महिला०, शेरिराम पार्की ९दलित० र छत्रराज जोशी ९अपांग० उम्मेदवार भएका छन् । बाजुराका नेता पाण्डे बाल्मीकि विद्यापीठको स्ववियू सभापति, नेपाली विद्यार्थी संघको केन्द्रीय सदस्य, उपाध्यक्ष, महामन्त्री हुँदै दुई पटक केन्द्रीय सदस्य निर्वाचित नेता हुन । महिला कोटाबाट उम्मेदवार बनेकी कञ्चनपुरकी भट्ट नेपाल महिला संघबाट राजनीतिमा लागेकी हुन । पार्टीका पुराना नेता अनन्तराम भट्ट समानुपातिकबाट सांसद् नहुने भएपछि कांग्रेसले श्रीमती भट्टलाई उम्मेदबार बनाएको हो । बैतडीका पार्की र कैलाली जोशी पार्टी नेता हुन। साभार नागरिक न्युज
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2n8AlI2 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

