Loading...
Loading...
को को बन्दैछन् मुख्यमन्त्री, कहाँ कसको पल्लाभारी ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ।

एमाले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादीले उपसभामुख र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशका एमालेको उपसभामुख हुने छन्। एमालेको स्थायी समिति बैठकले सर्वसम्मत भएका चुनावी प्रक्रियाबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ। पार्टीको यस्तो निर्णय आएपछि नेताहरु तीब्र लविङमा लागेका छन्।

प्रदेश १ मा भीम र शेरधन

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिव्यूरो सदस्य शेरधन राईको चर्को प्रतिस्पर्धा हुने देखिएको छ। माधव नेपाल समूहका आचार्य र अध्यक्ष केपी ओलीनिकट राई दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

दुवैले संघीय राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफू नै मुख्यमन्त्री भएको दाबी गरिरहेका छन्। प्रदेश १ संयोजक समेत रहेका आचार्य सुनसरी–१ ‘ख’ बाट २० हजार २११ मतका साथ विजयी भएका हुन्। प्रदेशका सह–संयोजक राई २० हजार ३३४ मतका साथ भोजपुर ‘ख’ बाट विजयी भएका संसद हुन्। आचार्य र राई दुवैले आफ्नो पल्ला भारी भएको दाबी गरिरहेका छन्।

घिमिरेको छिर्के दाउ

आचार्य र राईको घम्साघम्सीमा छिर्के दाउ लगाउने प्रत्यत्नमा जीवन घिमिरे पनि लागेका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरेर घिमिरेले आफू माधव नेपाल र झलनाथ खनाल समूहकबाट मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन्। घिमिरे मोरङ क्षेत्र नम्बर ४ खबाट १३ हजार ८०५ मत ल्याएर विजयी भएका छन्।
सभामुख समेत एमाले पाउने प्रदेश १ मा मुख्यमन्त्रीकै दाबेदार मध्येबाट एकजनालाई सभामुख बनाउने सम्भावना रहेको छ।

प्रदेश २ मा फोरम र राजपाको घम्साघम्सी

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच मुख्यमन्त्रीमा चर्को प्रतिस्पर्धा छ। २९ सिट जितेर ठूलो दल बनेको संघीय समाजवादी फोरमबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव मुख्य दाबेदार रहेका छन्। उपाध्यक्ष राउत पर्सा क्षेत्र नम्बर २ ख बाट ९ हजार ८०४ मत ल्याएर विजयी भएका हुन भने यादव सिराहा क्षेत्र २ कबाट १० हजार ३८३ मत ल्याएर बिजयी भएका छन्।

यादव समुदायकै भएका प्रतिस्पर्धामा विजय यादव अगाडि देखिएका छन्। राजनीतिक समितिका सदस्य शैलेन्द्र शाह समेत दाबेदारका रुपमा देखिका छन्। साह सप्तरी क्षेत्र नम्बर २ कबाट १० हजार ५७७ मत ल्याएर विजयी भएका छन्।

फोरमले मुख्यमन्त्री लिएर सभामुखमा राजपालाई दिने सोचाई बनाएको छ। उता २५ सिट जितेको राजपाका महासचिव मनीष सुमन र नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको दाबेदारी गरेका छन्।

सप्तरीको क्षेत्र नम्बर २ खबाट बिजयी सुमन र बारा क्षेत्र नम्बर ४ खबाट बिजयी सोनल मध्ये एक जना सभामुख हुन सक्ने फोरमका एक नेता भने। उता राजपा अन्तिमसम्म मुख्यमन्त्रीको दाबेदारी नछोड्ने पक्षमा देखिएको छ।

प्रदेश ३ अष्टलक्ष्मी र राजेन्द्र

प्रदेश ३ मा मुख्यमन्त्रीका धेरै आंकाक्षी देखिएका छन्। काठमाडौँ क्षेत्र नम्बर ८ ख बाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्य दाबेदार रहेकी छन्। उनले ५ हजार १६९ मत ल्याएकी छन्। पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे मुख्यमन्त्री अर्का दाबेदार हुन्।

धादिङ क्षेत्र नम्बर १ कबाट २७ हजार ३३२ मत ल्याएर विजयी पाण्डे गुटपरिवर्तन गरेर मुख्यमन्त्रीको दौडमा लागेका छन्। नेपाल गुटबाट पाण्डे पार्टी उपाध्यक्षमा लडेका थिए। अष्टलक्ष्मी समेत नेपाल गुटकै हुन्।

यहाँ मुख्यतः अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ। अष्टलक्ष्मी र राजेन्द्रसँगै पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ, केशव स्थापित र अरुण नेपाल समेत मुख्यमन्त्रीका दाबेदारमा देखिएका छन्।

एक मात्र महिला दाबेदार अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनुपर्ने लविङ महिलाहरुले गरिहेका छन्। काठमाडौं क्षेत्र नम्बर १० ख की प्रदेश सभा सदस्य रमा आलेमगर, प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प नभएको बताउँछिन्।

‘महिलालाई हरेक निकाय ३३ प्रतिशत भन्ने अनि एक मुख्यमन्त्री नदिने हुन्छ, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनु नै पर्छ,’ उनले भनिन्। मु्ख्यमन्त्री कै दाबेदार मध्येबाट सभामुख र मन्त्री बन्ने सम्भावना छ।

प्रदेश ४ मा दुई गुरुङ

प्रदेश ४ मा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिब्यूरो सदस्य किरण गुरुङ मुख्य दाबेदार छन्। पृथ्वी सुब्बा अध्यक्ष ओलीनिकट हुन् भने किरण गुरुङ पार्टी उपाध्यक्ष वामदेव गौतमनिकट हुन्। पृथ्वीसुब्बा २३ हजार १८८ मत ल्याएर लमजुङको क्षेत्र नम्बर १ खबाट विजयी भएका हुन भने किरण गुरुङ तनहु क्षेत्र नम्बर २ खबाट १५ हजार ६३० मत ल्याएर विजयी भएका हुन।

दुई गुरुङ मुख्यमन्त्रीका लागि जोडतोडका साथ लविङमा लागेका छन्। दुई गुरुङ बीच आधा आधा कार्यकाल मुख्यमन्त्री बनाएर मनाउने कोसिसमा केही एमाले नेताहरु लागेका छन्।

प्रदेश ५ शंकर निर्विकल्प

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र्निविकल्प देखिएका छन् । उनी प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा समेत निर्वाचित भइसकेको छ। पोखरेल दाङ क्षेत्र नम्बर २ खबाट २० हजार ४९४ मत ल्याएर विजय भएका हुन्। प्रदेश ५ को सभामुख भने माअ‍ोवादीले पाउने छ।

प्रदेश ६ मा महेन्द्र र नरेश

प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउने भएको छ। यहाँ माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका छन्। पार्टी अध्यक्ष निकट शाही र नेता रामबहादुर थापा ‘बादल’ निकट भण्डारी दुवै मुख्यमन्त्रीको लविङ गरिरहेका छन। भण्डारी बादलसँगै वैद्य समुहबाट पाटीमा फिर्ता आएका हुन्।

शाही कालिकोट क्षेत्र नम्बर १ खबाट १२ हजार १५३ मत ल्याएर विजयी भएका हुन् भने भण्डारी जुम्लाको क्षेत्र १ कबाट १२ हजार ५९४ मत ल्याएर विजयी भएका हुन्।

कुल ४० प्रदेश सभामा २० सिट जितेको एमालेका प्रदेश सभाका सांसदले पनि आफुुहरुले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरिरहेका छन्। एमालेबाट प्रदेश इन्चार्ज यमलाल कँडेल र पोलिव्यूरो सदस्य प्रकाश ज्वालाले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्। एमालेका दाबेदारहरु सभामुख र मन्त्रीमा व्यवस्थापन हुने देखिएको छ।

प्रदेश ७ वीरमान र झपडबहादुर

प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने छ। यहाँ राष्ट्रियस्तरका नेता प्रदेश सभामा नलडेका कारण प्रदेश र जिल्लास्तरका नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन्।

कैलालीका पुराना माओवादी नेता वीरमान चौधरी र अछामका झपडबहादुर बोहरा मुख्यमन्त्री प्रमुख दाबेदार रहेका छन्। चौधरी कैलाली क्षेत्र नम्बर ३ खबाट ६ हजार ५३६ मत ल्याएर विजयी भएका हुन् भने बोहरा अछाम क्षेत्र नम्बर १ खबाट १३ हजार ९३७ मत ल्याएर बिजयी भएका हुन्। थारु समुहबाट एक मात्र दाबेदार रहेकाले यहाँ चौधरीको पल्ला भारी रहेको छ।

डोटीका त्रिलोचन भट्ट र दार्चुलाका मानसिंह धामी पनि मुख्यमन्त्री दाबेदारका रुपमा देखिएका छन्। एमालेका प्रकाश शाहलाई सभामुखलाई व्यवस्थापन गर्न लागिएको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BFmxci via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.