Loading...
Loading...
बिरामी जाँच्दै छन् लाइसेन्स परीक्षामा फेल डाक्टर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ ।  मुलुकमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढो छ । बिरामी सुरक्षाको हिसाबले यो संवेदनशील मुद्दा भए पनि हालसम्म यसबारे खासै निगरानी गरिएको छैन ।

चिकित्साशास्त्रमा स्नातक अर्थात् एमबीबीएस पास गरेकाले पनि लाइसेन्स परीक्षा पास गरेपछि मात्र डाक्टरी पेसा सञ्चालन गर्नयोग्य मानिन्छन् । लाइसेन्स नलिएका चिकित्सकले उपचार गरेका बिरामीको ज्यान गएमा डाक्टरमाथि ज्यान मार्ने मुद्दा चल्न सक्छ ।

मेडिकल काउन्सिल स्रोतका अनुसार लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये धेरैजसोले चिकित्सकीय अभ्यास जारी राखेका छन् । तर, उनीहरूमाथि कुनै कारबाही हुन सकेको छैन । ‘लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये अधिकांशले बिरामी जाँचिरहेका छन्,’ काउन्सिलका एक पूर्वसदस्यले भने, ‘यो निकै संवेदनशील कुरा हो तर यसमा खासै निगरानी र कारबाही हुन सकेको देखिँदैन ।’

‘काउन्सिलको लाइसेन्स परीक्षा पास नगरी चिकित्सा अभ्यास गर्नु गैरकानुनी हो, यस्ता व्यक्तिलाई कडा कारबाही गर्नुपर्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘यस्ता चिकित्सकबारे उजुरी आयो भने खोजबिन गरी कारबाही हुन्छ । अनुगमन एकाइको अभावले उनीहरूले काम गरिरहेका छन् ।’ हालसम्म यसबारे कुनै ठोस अनुसन्धान नगरिए पनि लाइसेन्स परीक्षामा फेल भएकाहरूमध्ये करिब ८० प्रतिशतले बिरामीको परीक्षण गरेर उपचार गरिरहेको आँकलन काउन्सिलका एक पूर्वपदाधिकारीको छ ।

पटक–पटक लिइने लाइसेन्स परीक्षामा फेल हुनेहरूको संख्या बर्सेनि बढदो छ । करिब दुई महिनाअघि लिइएको पछिल्लो लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ६२ प्रतिशत डाक्टर फेल भएका थिए । लाइसेन्स परीक्षामा एमबीबीएस गरेका १ हजार २ सय २ जना सरिक भएकामा ४ सय ६१ जना मात्र पास भएका थिए । यो परीक्षामा ७ सय ४१ जना डाक्टर फेल भएका थिए । दन्त विज्ञानमा स्नातक अर्थात् बीडीएस गर्ने ८५ जना डाक्टर परीक्षामा सहभागी भए पनि ४३ जना पास र ४२ जना फेल भए । अर्थात् ४९ प्रतिशत फेल भएका थिए । यो परीक्षामा नेपालकै मेडिकल कलेजमा एमबीबीएस गरेका ६ सय ८३ जना सरिक भएकामा ४ सय ३ जना मात्र पास भएका थिए ।

‘कुनै केस तल–माथि भयो भने मात्र लाइसेन्स खोजिने चलनले अनुत्तीर्ण डाक्टरहरूले समेत आफ्नो प्राक्टिस जारी राखेका छन्,’ काउन्सिलका अर्का एक पदाधिकारीले भने । ‘यदि कसैले लाइसेन्स परीक्षा पास नगरेर प्राक्टिस गर्छ भने हाम्रो रजिस्टरमा नचढुन्जेलसम्म जतिसुकै ठूलो डिग्री ल्याए पनि त्यो डाक्टर होइन । त्यस्तो व्यक्तिले लेख्ने पुर्जा ९प्रेसकिप्सन० गैरकानुनी हुन्छ,’ काउन्सिलका अध्यक्ष डा।धर्मकान्त बास्कोटाले कान्तिपुरसँग भने । यस्तो प्राक्टिस गर्ने व्यक्तिलाई ३ वर्ष जेल, ३ हजार रुपैयाँ जरिवाना वा दुवै सजायसमेत हुन सक्ने प्रावधान छ । लाइसेन्स नलिएकाहरूले चिकित्सा अभ्यास गरिरहेको सूचना कतैबाट पाइए काउन्सिल एक्सनमा जाने पनि उनले बताए ।

डाक्टरहरूलाई इन्टर्नसिप गरुन्जेल प्रोभिजनल ९अस्थायी० दर्ता गरिएको हुन्छ । अस्थायी दर्ता भनेको अन्डर सुपरभिजन ९कुनै विज्ञको देखरेखमा गर्ने गरी० हुन्छ । यस्ता व्यक्तिले पुर्जा लेखेपछि आफनो प्रोफेसर, शिक्षकलाई देखाउनुपर्छ । मुलुकमा दर्ता नभएर चिकित्सकीय अभ्यास गरिरहेको व्यक्तिको एमबीबीएस वा अन्य कुनै सक्कली डिग्री भए पनि त्यो नक्कली चिकित्सक नै मानिने उनी बताउँछन् ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rRk2UN via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.