Loading...
Loading...
घूस लिने वैदेशिक रोजगार विभागका महानिर्देशकसँग १० लाख धरौटी माग
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । विषेश अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसँग १० लाख धरौटी माग गरेको छ।

अख्तियारले दुई दिन अघि उनी सहित  विभागका २ शाखा अधिकृत विरुद्ध १० लाख घूस लिएर भ्रष्टाचार गरेको अभियोग पत्र पत्र दायर गरेको थियो।

उक्त मुद्दामाथि थुनछेक आदेश गर्दै विषेशका न्यायाधीशहरु बाबुराम रेग्मी र प्रमोदकुमार श्रेष्ठको इजलासले उनीहरु तीनै जनासंग जनही १० लाख धरौटी मागेको हो।

धरौटी स्वरुप बैंक ग्यारेण्टी बुझाउने निवेदन पेश गरेको विषेशका प्रवक्ता नगेन्द्र कुमार पोखरेलले सेतोपाटीलाई जानकारी दिए।

‘उहाँले बैंक ग्यारेण्टी दिने भनेर निवेदन पेश गर्नुभएको छ, हामी त्यहि कुरेर बसेका छौँ। ल्याउनु भयो भने छुट्नुहुन्छ नभए जेल पठाउँछौँ,’ उनले भने।

कात्तिक २८ गते एसआरएस मेनपावर कम्पनीको रोक्का फुकुवा गर्न घुस माग्दा माग्दै अख्तियारले विभागका शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीलाई रंगेहात पक्राउ गरेको थियो।

महानिर्देशक पाण्डेकै निर्देशनमा उनीहरुले घुस लिएको अनुसन्धानका क्रममा खुलेपछि अख्तियारले उनलाई कात्तिक २९ गते पक्राउ गरेको थियो।

‘एसआरएस मेनपावर कम्पनीको रोक्का फुकुवा गरि काम गर्न अनुमति लिन जाँदा घुस रिसवत रकम माग गरि लिन मन्जुर गरि आफु मातहतका कर्मचारीलाई लिन लगाई भ्रष्टाचार गरेको,’ अख्तियारले पाण्डे विरुद्धको अभियोग पत्रमा उल्लेख गरेको छ।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DqvE2O via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.