Loading...
Loading...
मोदीद्वारा ओली, देउवा र दाहालसँग टेलिफोन सम्वाद
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका मुख्य दलका शीर्ष नेताहरुसँग बिहीबार साँझ टेलिफोन सम्वाद गरेका छन्। बाम गठबन्धनले नेपालमा बहुमत ल्याएको अवस्थामा भारतीय प्रधानमन्त्रीले वर्तमान एवं भविष्यका प्रधानमन्त्रीहरुसँग सम्वाद गरेका हुन्।

‘हामी यहाँ अन्तरक्रिया गरिरहँदा प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले टेलिफोन सम्वाद भइरहेको छु, भारतीय विदेश मन्त्रालयका प्रवक्ता राभेशकुरमाले साप्ताहिक प्रेस ब्रिफिङमा भने, ुउहाँहरुबीच के के छलफल भयो म पछि बताउन सक्छु।’
बिहीबार साँझ करिब पाँच बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल क्रमशः सम्वाद गरेका हुन्। नेपालमा निर्वाचनपछि नयाँ सरकार गठनको प्रतीक्षा भइरहँदा भारतीय प्रधानमन्त्रीले नेपालका नेताहरुसँग छलफल गरेका हुन्।

‘हामी यहाँ अन्तरक्रिया गरिरहँदा प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवाबीच अहिले टेलिफोन सम्वाद भइरहेको छु, भारतीय विदेश मन्त्रालयका प्रवक्ता राभेशकुरमाले साप्ताहिक प्रेस ब्रिफिङमा भने, ुउहाँहरुबीच के के छलफल भयो म पछि बताउन सक्छु।’

निर्वाचनपछि भारतीय संस्थापनको यो दोस्रो रेस्पोन्स हो। यसअघि निर्वाचन लगत्तै भारतीय परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नयाँ सरकारसँग काम गर्न आतुर रहेको उल्लेख गरेको थियो।

२०७२ असोजमा नेपालको जनप्रतिधिमूलक संस्था संविधान सभाबाट संविधान जारी भएकोमा आक्रोशित हुँदै अमानवीय नाकाबन्दी लादेको थियो। औषधि, पेट्रोलियम पदार्थ, ग्यास एवं दैनिक उपभोग्य सामान ढुवानी ठप्प पारी भारतले भूपरिवेष्टित राष्ट्रको अन्तर्राष्ट्रिय अधिकार धज्जी उडाएको विषय एमालेले जनता समक्ष लगेको थियो।

भारतीय बल मिचाइँको विरोध गर्ने एमालेसहितको बाम गठबन्धनलाई नेपाली जनताले बहुमत दिएपछि अब के हुन्छ भन्ने संसय देखिएको अवस्थामा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष ओलीसहितका नेताहरुसँग सम्वाद गरेका हुन्।



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BgtcdI via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.