भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेर मतदाताले भोट हालेका थिए ।
पहिलो चरणमा भएको ३२ जिल्लाको यो निर्वाचनबाट ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वा्चित हुनेछन् । तर चुनावमा कसले जित्यो भन्ने थाहा पाउन कम्तीमा ११ दिन कुर्नु पर्नेछ । मंसिर २१ गते दोस्रो चरणको चुनावपछि मात्रै देशभरिको मतगणना एकैसाथ सुरु हुनेछ ।
११ दिनसम्म मतपेटिका कसरी सुरक्षित राखिन्छ ?
मङ्सिर २१ गतेसम्म मतगणना नहुँदा मतपेटिकालाई सुरक्षित तरिकाले राखिनेछ । मतदान भएका स्थानबाट सुरक्षाका लागि मतपेटिकाहरु सदरमुकाम ल्याइन्छ । पहिलो चरणमा चुनावमा भएका मध्ये २७ जिल्लामा एउटा मात्र निर्वाचन क्षेत्र छन् भने बाग्लुङ, गोरखा, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा दुई–दुई निर्वाचन क्षेत्र छन् । मतपेटिका सुरक्षित राख्ने जिम्मा आयोगले जिल्ला निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतलाई दिएको छ ।
मतपेटिका कसरी सुरक्षित राख्ने भन्ने बिषयमा मुख्य निर्वाचन अधिकृतले निर्णय लिनेछन् । मतपेटिकाको सुरक्षाको लागि पहिलो घेरामा प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र अन्तिम घेरामा नेपाली सेना रहने व्यवस्था छ । कतिपय जिल्लामा भने मतपेटिका राखिएको ठाउँमा सिसिटिभी पनि जडान गरिएको छ । मतपेटिकालाई सिलबन्दी गरेर सुरक्षा घेरामा राखिनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2hRmtPg via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

