भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । निर्वाचन आयोगले आईतबार अपरान्ह आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन समानुपातिकफर्तका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको हो । जस अनुसार ५ हजार ८ सय ३८ जनाको उम्मेदवारी कायम गरिएको छ ।
निर्वाचन कानुन अनुसार छानवीन भई २ सय ५६ जनाको उम्मेदवारहरु अयोग्य ठहरिन आएको निर्वाचन आयोगका सचिव बेजेन्द्रराज शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले ३ जना उम्मेदवारीले भने आफंैले उम्मेदवारी फिर्ता लिएको पनि स्पष्ट पारेको छ । गत कार्तिक १७ गते दलहरुले बुझाएको संशोधन सहितको बन्द सूचिमा ६ हजार ९४ जनाको उम्मेदवारी परेको थियो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार २ सय ७३ र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ५ सय ६५ जनाको उम्मेदवारी कायम रहेको पनि जनाएको छ । समानुपातिकतर्फको कोटा प्राप्त गर्न राजनीतिक दलहरुले प्रतिनिधिसभातर्फ कम्तीमा ३ प्रतिशत र प्रदेशसभामा कम्तीमा १ दशमलव ५ प्रतिशत मत अनिवार्य रुपमा पाउनुपर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले मंसीरको अन्त्यसम्ममा समानुपातिकतर्फको निर्वाचनको मत परिणाम पनि सार्वजनिक गर्ने योजना बनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2iyeOWV via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

