Loading...
Loading...
वाम प्रगतिशील गठबन्धनले नेपालीको हौसला ह्वात्तै बढ्यो : अध्यक्ष ढकाल 
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
पोखरा । नेपाल परिवार दलको ४ नं. प्रदेशको प्रदेशस्तरीय चुनाव प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नोपाल परिवार दलको आह्वान, सूर्यमा मतदान भन्ने नारासहित आइतबार सम्पन्न कार्यक्रममा दलका केन्द्रीयीस्तरका नेता एवं प्रदेशस्तरीय कार्यकर्ताहरू उपस्थित थिए । कार्यक्रमको उद्घाटन पछि दलका अध्यक्ष एवं प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेद्वार एकनाथ ढकालले कार्यक्रमलाई सम्बोधन गरे । ढकालले लोकतन्त्र नेपालीको ढुकढुकी हो भन्दै कसैले पनि पेवाको रुपमा नलिन आग्रह गर्दै नेपालको संबिधान स्वीकार गर्ने सबै राजनैतिक दल लोकतन्त्रबादी हुन् भन्नु भयो । उनले वाम प्रगतिशील गठबन्धनले नेपालीको हौसला ह्वात्तै बढेको पनि जिकिर गरे । उनले देशभक्ति को भावना र इमान्दारिता वामपन्थी दलहरुमा देखिएकोले नेकपा एमाले लगायत वामपन्थी गठबन्धनसँगै चुनावी तालमेल गरेको बताए । एमालेले राष्ट्रिय पार्टीको अस्तित्व स्वीकार गरेर परिवार दललाई उचित स्थान दिएकाले आफूहरु सो पार्टीको चुनाव चिन्ह लिएर तालमेलमा गएको उनले बताए ।
देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि आफूहरू पहिलेदेखि नै एकताको पक्षमा रहेको भन्दै अध्यक्ष ढकालले आफूहरूको सहकार्य समृद्धि, स्थिरता, राष्ट्रियता, संविधान कार्यान्वयन र सवल लोकतन्त्रका लागि भएको प्रष्ट पारे । चुनावमा तालमेल गरे पनि संसद बाहिर परिवार दल आफ्नो स्वतन्त्र हैसियतमा रहने उनले प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्ता सामु प्रष्ट पारेका हुन् । ‘गठबन्धनले बहुमत ल्याएमा देशले स्थिरता र विकास पाउँछ भने हामीले जिते पनि नजिते पनि विचलित हुनु हुँदैन,’ अध्यक्ष ढकालले प्रशिक्षणमा भने । परिवार दलले कुनै पनि दलको विरोध नगर्ने बरु अभिभावकीय भूमिका निर्वाह गर्न पछि नपर्ने उनको भनाइ थियो । परिवार दलको पहिचान बलियो बनाउन यसको नैतिक मूल्य र मान्यताको पक्षमा जहिले पनि लागिपर्ने उनले बताए । प्रदेश नं. ४ का संयोजक प्रकाशबाबु थापाको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा रामचन्द्र देवकोटाले स्वागत मन्तव्य राखेका थिए । दलकी केन्द्रीय समिति सदस्य तथा पर्वत जिल्ला अध्यक्ष समिक्षा शर्माले अपील वाचन गरेकी थिइन् ।


- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2zTndhr via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.