पुष्पकमल दाहाल (प्रचण्ड) पुत्र प्रकाश दाहालको निधन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।
पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
अचानक हृदयघात भएपछि बिहान पाँच बजे अस्पताल पुर्याएका दाहाललाई डाक्टरले बचाउन नसक्ने प्रतिक्रिया दिएका थिए । सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ATAmnh via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

