मुलुकको कायापलट गर्न बाम प्रगतिशील गठबन्धनको जित आबश्यक : अध्यक्ष ढकाल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मुलुकको कायापलट गर्न बाम प्रगतिशील गठबन्धनको जित आबश्यक रहेको बताउनु भयको छ । गठबन्धन द्वारा गोर्खाको भच्चेकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा अब पश्चागामी, यथास्थितिबादी तथा अतिबादी सोंच र चिन्तन निरर्थक भैसकेको बताउदै संविधानले परिकल्पना गरेको समाज निर्माण गर्नुनै वाम प्रगतिशील गठबन्धनको मुख्य कार्यभार रहेको जिकिर गर्नु भयो । अत्याधिक बहुमत सहितको स्थिर र बलियो सरकार निर्माण गरि मुलुकमा स्थायित्व र आर्थिक संमृद्धिको खातिर पनि वाम प्रगतिशील गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न मतदाता संग आग्रह गर्नु भयो । प्रतिनिधि सभामा सुर्य चिन्ह लियर उम्मेदवार समेत भयका ढकालले भन्नु भयो “गत संबिधान सभाको निर्बाचनमा गोर्खा जिल्ला वाट साँचो चिन्हमा मतदान गर्नु हुने करिब दुइ हजार मतदाताले अब समानुपातिकमा सुर्यमा मतदान गर्न र प्रत्यक्षमा वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताऊन आग्रह गर्दछु” । गोर्खाका स्थानीयबासि ढकालले २ नम्बर क्षेत्रका प्रत्यक्ष उम्मेदवार नारायणकाजी श्रेष्ठले शन्ति प्रकृयामा महत्वपुर्ण भूमिका खेल्नु भयको स्मरण गर्दै उहाँलाई अत्यधिक बहुमत दियर निर्बाचित गराउन अपिल गर्नु भयो । अध्यक्ष ढकाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”, तथा बरिष्ट चिकित्सक डा. उपेन्द्र देवकोटाका साथ् गोर्खाको पालुङ्गटार, आरुघाट तथा लम्जुङ्गको बेशिशहरको चुनाबी कार्यक्रममा सहभागी हुनु भयको थियो । परिवार दल तिन बुदे सहमति गरि नेकपा एमालेको चुनाब चिन्ह सुर्य लियर चुनाबी मैदानमा उत्रिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2A3uNpY via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

