भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

राजविराज । नेपाली कांग्रेसका नेता डा रामशरण महतसँग स्थानीय जनताले सिंचाई, सडक, मालखाददेखि विमानस्थल निर्माणसम्मका माग राखेर विकासप्रतिको तीब भोक जाहेर गरेका छन ।
बाराको जीतपुर तथा निजगढदेखि सर्लाही, महोत्तरी, सिराहा र सप्तरीका गाउँ गाउँमा पुग्दा त्यहाँका स्थानीय जनताले डा महतसमक्ष यसरी विकास मागे मानौं उहाँ अहिले पनि अर्थमन्त्री नै हुनुहुन्छ । शुक्रबार सप्तरीको शिवदेव गाउँपालिकामा पुग्दा स्थानीयबासीले सडक सुविधाको माग राखेका छन । उनीहरुले सम्तरी सुगम भएर पनि दुर्गम ठाउँ जस्तो देखिएको छ । स्थानीय रामकुमार यादवले भने, राजमार्गले सप्तरीलाई छोएको छ तर भित्री गाउँबस्तीमा सडक पुगेको छैन । सम्म ठाउँ छ । सडक बनाउन कठिन छैन । सडक सञ्जालले सबैतिर छुने हो भने जनताको विकास हुन्छ र जीवनस्तर पनि माथि उठिहाल्छ ।
सप्तरीलाई छिटो राजधानीसँग जोड्ने विमानस्थल चालु हुनुपर्छ । यादवले भने, सडक सञ्जाल र हवाई यातायातको विकास भैसकेपछि कृषिको विकासका लागि समयमा मलखाद बीउबिजन उपलब्ध हुनुपर्छ । यसले सप्तरीका किसानको जीवनस्तर माथि उठाउन ठोस सहयोग पुग्नेछ । सर्लाहीका जनताले पनि नदी कटान नियन्त्रण, सिंचाई सुविधा विस्तार, चक्रपथ निर्माण, राजमार्ग जोड्ने सडकको माग राखेका थिए । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित श्रीनगरका जनताले कृषि उपज प्रशस्त हुने तर बजार नभएकोले एउटा कृषि बजार स्थापना गरिदिन डा महतसमक्ष अनुरोध गरेका थिए । महोत्तरी र सिराहाका जनताले पनि नदी कटान नियन्त्रण, कृषिको विकास, सडक निर्माण र पीच गरिदिन आग्रह गरेका छन । सप्तरीको छिन्नमस्तामा पुग्दा त्यहाँका पुजारीले अर्को माग राखे, पर्यटकीय दृष्टिले पनि यस क्षेत्रको विकास गर्न सकिने भएकोले भौतिक पूर्वाधार निर्माण मन्दिर क्षेत्रको संरक्षणको लागि सहयोग जुटाइदिनुहुने विश्वास छ ।
सप्तरीको शिवदेव र छिन्नमस्तामा आयोजित कार्यक्रममा बोल्दै डा महतले भन्नुभयो, अवको एजेण्डा नै आर्थिक विकास हो र समृद्धितर्फको यात्रामा अगाडि बढ्न पाउने तपाईहरुको अधिकार । ठूला योजना मात्र केन्द्रले हेर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, साना योजना स्थानीय निकायहरुबाटै अगाडि बढ्न सक्नेछन । बजेट प्रशस्त आउनेछ । यसका लागि स्थानीय नेतृत्व विश्वासिलो पार्टी कांग्रेसलाई मत दिएर कामको जिम्मा दिनुहोस ।
राजनीतिक अस्थिरता र हिंसात्मक आन्दोलनले मुलुकलाई गाँजिरहेको अवस्थामा पनि मुलुकको विकासले निकै फड्को मारेको, ठूला ठूला लोकमार्ग, चुरे राजमार्ग हुलाकी राजमार्ग, सिंचाईका ठूला आयोजना, जलविद्युतका आयोजनाहरु बनिरहेको उल्लेख गर्नुभयो । कांग्रेस विकासवादी पार्टी भएकोले आगामी दिनमा आर्थिक एजेण्डालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने उद्घोष गर्दै नेता डा महतले भन्नुभयो, माओवादी हिंसा, तराईको आन्दोलन, बन्द हडतालले विकासलाई रोक्यो । यस प्रतिकूल परिस्थितिका बीच पनि केही विकास भएको छ र त्यसमा कांग्रेसको योगदान छ । अन्य पार्टीले अस्थिरता, दंगा, हिंसा, द्वेष फैलाउने काम मात्र गरे । कोही पहाडबादी र कोही मधेशवादी । तर कांग्रेसले सबैलाई एकताको सूत्रमा बाँधेर मुलुक र मुलुकबासीको समृद्धि गर्ने सिद्धान्त बोकेको छ । कांग्रेस नेपालको राजनीतिको मियो हो । तराई, पहाड, हिमालका विभिन्न जात जाति धर्म संस्कृति मान्ने सबैलाई समेटेर फराकिलो सोच बोकेको पार्टी हो । तपाईहरुले स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेसलाई बलियो बनाउनैपर्छ । उहाँको भनाई थियो, सबै दलहरु सत्तामा गैसकेका छन । नयाँ नीति कसैले ल्याएका छैनन् । मुलुकको विकासका लागि बामपन्थीहरुसँग कुनै सुस्पष्ट दृष्टिकोण नै छैन । कांग्रेसले ल्याएको नीतिकै पछि दौडिरहेका छन । नक्कली कुरा गरेर जनतालाई भड्काउने काम मात्रै गरिरहेका छन ।
उहाँका अनुसार रु १२ अर्बको राजस्व असूली अहिले ७ खर्बभन्दा बढी हुन थालेको छ । २५ बर्षअघि करिव ७ हजार किमी बाटो बनेकोमा अहिले झण्डै ८० हजार किमी बाटो बनिसकेको छ । खानेपानीमा पहुँच ४० प्रतिशत रहेकोमा अहिले ८५ प्रतिशत पुगेको, ९ प्रतिशत जनताको पहुँचमा मात्र सीमित विजुली ८० प्रतिशत जनताको पहुँचमा पुगेको, विश्वविद्यालय तथा मेकिल कलेजहरु अस्पतालहरु खुलेको र यी सुविधाहरु बढेसँगै जनताको औषती आयु पनि ५४ बर्षबाट अढाई दशकको अवधिमै ७१ बर्ष पुगेको छ । बैंक बीमा, उड्ड्यान, जलविद्युत, शिक्षा, स्वास्थ्य मिडिया हरेक क्षेत्रमा उदार नीति अवलम्वन गरिएको छ र यही नीतिका कारण उपलब्धिहरु हासिल भएका हुन ।
उहाँले विभिन्न ठाउँमा भएको कार्यकर्ताहरुसँगको भेटघाटमा कार्यकर्ताहरुलाई पनि कुनै रिसराग नराखीकन ७ वटै उम्मेद्वारलाई मतदान गर्न र जनतासमक्ष मत माग्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा कांग्रेसका युवा नेता तथा सांसद रञ्जित कर्णले सुगममा रहेको यो ठाउँ दुर्गमजस्तो देखिएको भन्दै सप्तरीका गाउँ गाउँमा सडक निर्माण गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । त्यसैगरी पार्टी जिल्ला सभापति दिनेशकुमार यादवले जिल्लाको चौतर्फी विकासलाई जोड दिनुभयो ।
The post विकास मागे स्थानीय जनताले डा महतसमक्ष appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2x7TtJN via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

