Loading...
Loading...
हङकङलाई पराजित गर्दै नेपाल बन्यो यू-१९ एसिया कप च्याम्पियन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
नेपाल एसीसी यू-१९ एसिया कपको पूर्वी क्षेत्र छनोट क्रिकेटको बिजेता बनेको छ । मलेसियामा आज (आइतबार) भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

यो जितसंगै नेपाल आगामी नोभेम्बरमा हुने एसिया कपको लागि छनोट भएको छ । मलेसियाको किन्नारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको हङकङले ३२ं.१ ओभरमा सबै विकेट गुमाउदै ७६ रन बनायो । नेपालको धारिलो बलिङ र कसिलो फिल्डिङका सामू हङकङका खेलाडी निरिह देखिए ।

हङकङका लागि हरप्रीत सिंहले २० रन जोडे भने कप्तान झाथावेदले १६ र वकास खानले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सफल भएनन् । नेपालका लागि सन्दिप लामिछाने र साहब आलमले समान ३/३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरी र अनिल साहको भागमा समान १-१ विकेट विकेट रह्यो । ७७ रनको बिजयी लक्ष्य लिएर मैदान उत्रेको नेपालले १४.४ ओभरमा पाँच विकेट गुमाउदै लक्ष्य भेट्टायो ।

नेपालको लागि कप्तान दीपेन्द्रसिंह ऐरी २२ रन बनाए भने प्रनित थापामगरले अविजित रहदै १९ रनको योगदान गरे।ऐरीले २६ बलको सामना गर्दा ४ चौका हिर्काए भने प्रनितले १८ बलमा २ छक्का र १ चौका प्रहर गरेका थिए । त्यस्तै नेपालका ओपनरद्व सन्दीप सुनार १९ तथा आरिफ शेख १ रनमा आउट भए । सन्दीपले २१ बल खेलेर ४ चौका प्रहार गरे। त्यस्तै अनिल साहले १६ रनको योगदान गरे। अनिलले १३ बल खेल्दा ३ चौका हिर्काए। सुमीत महर्जन भने शून्य रनमा आउट भए।

यसअघिका खेलमा नेपालले सेमिफाइनलमा मलेसियालाई १० विकेटको भारि अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो। त्यस्तै समूह चरणमा नेपालले थाइल्यान्डलाई २५५ रनले, भुटानलाई ९ विकेटले र सि‌ंगापुरलार्इ ७ विकेटले हराएको थियो।

एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको नेपालले उपाधि जितेको पाँचौ पटक हो। यसअघि ६ फाइनल मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो।

नेपालले उपाधि सहित आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाएको छ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको ब्याटिङ स्कोरकार्ड


हङकङको बलिङ स्कोरकार्ड


हङकङको ब्याटिङ स्कोरकार्ड ​​​​​​


नेपालको बलिङ स्कोरकार्ड



#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2jAIUMg

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.