प्रादेशिक चुनावमा कांग्रेसलाई जिताउन तयार रहनुस् – रामचन्द्र पौडेल
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाण्डौ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सवैको भएको बताउनु भएको छ । नेपाल आदिवासी जनजाति संघले पार्टी कार्यलय सानेपामा आयोजना गरेको दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै वहांले भन्नुभयो –नेपाली कांग्रेसलाई नेपालका आदिवासी जनजातीको ठुलो योगदान रहेको छ ।
मुलुक संविधान कार्यन्वयनको दिशामा अघि बढेकाले अबको प्रादेशिक चुनावमा कांग्रेसलाई अघि बढाउन आदिवासी जनजातिको उत्तीकै भूमिका हुने भएकाले सवै त्यसमा केन्द्रित रहनुपर्ने बताउनु भयो ।
नेपालको वर्तमान संविधानमा आदिवासी जनजातिहरुको हक, अधिकार र नेपाली कांग्रेसमा भविष्य विषयक विचार गोष्ठीमा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस सदैव नेपालको हरेक तहतप्कामा रहेका नेपाली जनताको पक्षमा रहेको बताउनुभयो । वहांले भन्नुभयो नेपालमा रहेका आदिवासी जनाजातिको विकासकालागि सरकारले आदिवासी जनजाति प्रतिष्ठान कांग्रेसलेनै स्थापना गरेको हो । यस बाहेक वहांले नेपालमा सवै जाती र भाषाको सम्मान गर्दै समग्र मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति संघ केन्द्रिय समितिका महामन्त्री प्रशान्त राईले शिर्षस्थ नेताहरुलाई नेपालका आदिवासी जनजातिलाई स्पष्ट रुपमा उनिहरुका हक अधिकार र पहिचानको लागि बोल्नुपर्ने बताउनु भयो । कार्यक्रम संघका केन्द्रिय अध्यक्ष आइवी गुरुङ्गको सभापतीत्वमा सम्पन्न भएको थियो ।
The post प्रादेशिक चुनावमा कांग्रेसलाई जिताउन तयार रहनुस् – रामचन्द्र पौडेल appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2yrn5Sz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

