Loading...
Loading...
मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम किन रोकियो ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय ९पिआइडी०का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो । वितरण सञ्जाल सुधार ९डिएनआई०अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको खबर आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन् ।

किन रोकियो रु
वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए । ‘ ुसर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो ।’

६१० किमि पाइप बिछ्याइसकियो
पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ । ‘मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने ।

२ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी
मेलम्ची खानेपानीको सुरुङ खन्न अब २।३ किमि मात्रै बाँकी छ । खनिनुपर्ने २७।५८४ किमि २५।२८४ किमि सुरुङ खनिसकिएको छ । सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ । यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ । ‘सुरुङ खन्ने काम रोकिएको छैन । अब २।३ किमि सुरुङ खन्न बाँकी छ । अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ । ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ । त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’

ठूलो पाइप बिछ्याउन दुई किमि मात्रै
पिआइडीले थोक वितरण प्रणाली ९बिडिएस०अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन । ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ । नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ । त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ । ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन । पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ । भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने । पिआइडीका अनुसार थोक वितरण प्रणाली ९बिडिएस०अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ ।

The post मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम किन रोकियो ? appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tTmvdV via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.