भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं,८ साउन । हिला, बालबालिका, ज्येष्ठ नागरिक एवं समाज कल्याण समिति सभापति रञ्जु झा ठाकुरले नेपालको स्वास्थ संरचना जनविरोधी भएको बताएकी छन् । उनले अस्पतालहरुले जनताको जीवनमाथि व्यापार गरिरहेको भन्दै तह लगाउन सक्ने कठोर व्यक्तिलाई स्वास्थ्य मन्त्री बन्नुपर्ने धारणा राखिन् ।
सभापति ठाकुरले शनिबार राजधानीको संवाद डबलीमा डा.सुबोधकुमार पोखरेलको ‘दिल चोर’ कविता संग्रहको लोकार्पण कार्यक्रममा बोल्दै सभापति ठाकुरले देशैभरी जनताको स्वास्थ्यमा व्यापार भएको बताएकी छन् । उनले जनताको स्वास्थ्यप्रति राज्यबाटै लापरबाही भइरहेको बताइन् ।
स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउँदै सभापति ठाकुरले भनिन्, ‘डा.सुबोध पोखरेल साहित्यकार र राजनीतिज्ञसँगै मेडिकल डाक्टर पनि भएकाले अबको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँलाई दिनु पर्छ ।’
सभापति ठाकुरले आफू तराई–मधेसको समाजबाट निकै दुःख गर्दै यो ठाउँमा पुगेको बताइन् । उनले उत्पीडित जनताको अधिकारको लागि कसैसँग सम्झौता नगर्ने बताइन् ।
त्यसैगरी संगीतकार सम्भुजीत बास्कोटाले डा.पोखरेलको कविता संग्रहको चर्चा गर्दै भने, ‘पोखरेल साहित्य, राजनीति, प्रशासक तथा मेडिकल विज्ञ हुनाले त्रिवेणी होइन चर्तुवेणी नै हुनुहुन्छ ।’
डा. भोला रिजालले सो कविता संग्रह विविध आयामले भरिपूर्ण रहेको भन्दै उत्कृष्ट भएको धारणा व्यक्त गरे । त्यसैगरी, डा.दमोदर पोखरेलले आफू मुटु रोग विशेषज्ञ भएको र कविता संग्रहको नाम पनि दिल चोर भएकाले निकै मन छोएको बताए । त्यस्तै, युवा साहित्यकार क्षितिज भण्डारीले यति धेरै गहन विषयहरु एउट पकेट बेकका रुपमा आएकोले आम मानिसलाई उपयोगि हुने धारणा व्यक्त गरे ।
कविता संग्रहलाई सत्याल पब्लिकेशनले प्रा.लि.ले प्रकाशन तथा वितरणको जिम्मा लिएकोमा धन्यवाद दिँदै लेखक पोखरेलले भने, ‘कवितालाई आम रुपले किनेर पढ्ने प्राथमिकता दिन छाडेको समयमा प्रकाशकले जिम्मा लिएकोमा मलाई हौसला मिलेको छ ।’कार्यक्रममा पब्लिकेशनका अध्यक्ष अजय सत्यालले सहित्यलाई पनि प्राथमिकता दिनु आजको आवाश्यकता भएको धारणा राखे ।
article email id media group amnesty New Microsoft Office Word Document Progrm Anchoring amnesty 1 ramchandra mainali Rastriyakhabar proposal
The post स्वास्थ्य मन्त्रालयको जिम्मेवारी डा.सुबोध पोखरेललाई : सभापति रञ्जु झा ठाकुर appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tAIES9 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

