Loading...
Loading...
राजकीय भ्रमणको तयारीमा प्रधानमन्त्री : २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

औपचारिक घोषणा हुन बाँकी
प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ । ‘यसपटकको भ्रमणमा उहाँ प्रधानमन्त्री भएर भारत जाँदा विगतमा भएका सम्झौता कार्यान्वयनमा जोड दिने उहाँको इच्छा छ’ परराष्ट्र स्रोतले भन्यो, ‘पञ्चेश्वर, सुदूरपश्चिममा टेक्निकल इन्स्टिच्युट स्थापनालगायतको कार्यान्वयनका विषयमा तयारी गर्न सम्बन्धित अधिकारीलाई उहाँले निर्देशन दिइसक्नुभएको छ ।’ भ्रमणमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न परराष्ट्र सचिव शंकरदास बैरागीले सरोकारवाला मन्त्रालयसँग समन्वय गरिरहेका छन् । साउन अन्तिम सातादेखि भदौ पहिलो सातामा भ्रमण हुने भनिए पनि मिति तय भइनसकेको परराष्ट्र स्रोतले बतायो ।

नीतिगत समस्या समाधानमा केन्द्रित
‘विगतका सम्झौता कार्यान्वयन र नयाँ सम्भावनाबारे प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्ने गरी तयारी भइरहेको छ, अहिले कुनै पनि विषय टुंगिएको अवस्था छैन,’ प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भने । पछिल्लोपटक प्रधानमन्त्री प्रचण्डको भ्रमण र दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका क्रममा भएका छलफलमा उत्पन्न नीतिगत समस्या समाधानमा पनि यसपटकको भ्रमण केन्द्रित हुने सम्बद्ध स्रोतले बतायो । यसैगरी आसन्न प्रान्त र केन्द्रिय संसदको निर्वाचनका लागि पनि भारतको सहयोगका लागि देउवाले आग्रह गर्ने बुझिएको छ ।

भ्रमण राजकीय
प्रधानमन्त्रीका रुपमा देउवाले यसअघि तीनपटक भारत भ्रमण गरेका थिए । तीसबै भ्रमण औपचारिक थिए भने यसपटक उनको भ्रमण राजकीय हुने परराष्ट्र स्रोतले बतायो ।

The post राजकीय भ्रमणको तयारीमा प्रधानमन्त्री : २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wai6DS via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.