भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ, १४ असार । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् ।
सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।
राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन । फैसला भएको ६० दिनभित्र आफैँ अदालतमा आएर फैसला कार्यान्वयनमा सहयोग पु¥याएबापत अदालतले त्यस्ता आरोपितलाई सजायमा २० प्रतिशत छुट दिने कानुनी प्रावधान छ ।
राणालाई कसुरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम जनही छ महिना कैद र रु ३० हजार जरिवाना ठहर गरेको सर्वोच्च अदालतले फैसला सुनाएको थियो ।
त्यसैगरी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्यामसिंह थापा यही असार ११ गते सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान हुनुभएको थियो । उहाँलाई एक वर्ष कैद र रु ४० हजार जेल सजाय ठहर भएको थियो ।
सोही प्रकरणका आरोपित पूर्व प्रहरी महानिरीक्षकद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ तथा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक दीपकसिंह थाङ्देन र पूर्वनायब प्रहरी महानिरीक्षक दीपककुमार श्रेष्ठलाई यही असार ७ गते डिल्लीबजार कारागार चलान गरिएको थियो । चारैजनाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।
The post सुडान काण्डका दोषी रविप्रताव राणा जेल चलान appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tk5w7n via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

