Loading...
Loading...
एमाले नेता लालबाबुदेखि फोरम नेता उपेन्द्रसम्म मोरङमा कसले कहाँबाट मतदान गरे ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

विराटनगर । दोस्रोेचरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ र अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

त्यसैगरी,नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली काँग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गर्नुभएको हो ।

यसका साथै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डीला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका नेता एवम् सांसद् शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गर्नुभएको छ ।

The post एमाले नेता लालबाबुदेखि फोरम नेता उपेन्द्रसम्म मोरङमा कसले कहाँबाट मतदान गरे ? appeared first on rastriyakhabar.com.



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2t0q3v2 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.