भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

दमक,७ असार । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांग्रेसले बाहेक अन्य दलले देशको विकास गर्न नसक्ने दाबी गरेका छन्। नेपाली कांग्रेस दमक नगर समितिले मंगलबार झापामा आयोजना गरेको चुनावी प्रतिबद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता डा। महतले देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र भएकाले देशको विकास कांग्रेसले मात्र गर्न सक्ने बताए। ‘देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र हो, कांग्रेसले देशमा प्रजातन्त्र स्थापना गर्यो’, उनले भने, ‘पञ्चायत कांग्रेसले नै फाल्यो, गणतन्त्र ल्याउन कांग्रेसलेनै संघर्ष गर्यो, त्यसैले कांग्रेस यो देशको एक मात्र परिपक्व पार्टी हो। त्यसैले कांग्रेसबाट चुनिने प्रतिनिधिले मात्र देशको विकास गर्न सक्छन्।’ डा। महतले संविधानले स्थानीय तहमा सबैभन्दा धेरै अधिकार दिएको बताए। ‘केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तक्षेप गर्छ भनेर हामीले संविधानमै उल्लेख गरेर सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दियौँ’, उनले भने, ‘त्यो अधिकारलाई परिचालन गर्न कांग्रेसले मात्र सक्छ, त्यसैले अब स्थानीय सरकारमा कांग्रेसकै नेतृत्व गर्नुपर्छ।’ उनले उखान टुक्काले देश नचल्ने बताउँदै काम गरेर देखाउन अन्य दललाई चेतावनी दिए। कांग्रेसले मात्र देशमा आर्थिक विकास गर्न सक्ने उनले बताए। ‘देशको आर्थिक विकासको मोडेल सबै कांग्रेसले ल्याएका हुन्, अरूले त यसको सदुपयोग मात्र गरेका हुन्’, उनले भने, ‘अर्काले लगाइदिएको ओछ्यानमा सुत्न त धेरै सजिलो हुन्छ।’ ओलीको गृहनगरमा ओलीमाथि आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक आइपुगेका नेता डा। महतले एमाले अध्यक्ष ओलीविरुद्ध खनिए। उनले एमाले अध्यक्ष ओली विकासविरोधी भएको समेत आरोप लगाए। उनले भने, ‘ओलीजी विकास विरोधी नै हो। म अर्थमन्त्री भएका बेला उहाँको क्षेत्रमा पर्ने दमक–चिसापानी–रवि सडकको अनुगम गर्न जाने र त्यहाँ एउटा पर्यटकीय क्षेत्रका लागि पार्क शिलान्यास गर्ने भनेर आउन लागेको थिएँ’, डा। मतले भने, ‘तर उहाँले मलाई रोक्नुभयो।’ ओलीले त्यहाँ एमालेका कार्यकर्ताले विरोध गर्छन् भनेकाले आफू नआएको उनले बताए। ‘उहाँ आफ्नै क्षेत्रको विकासको काममा त यसो गर्नुहुन्छ, झन् अरू ठाउँमा त कसो गर्नु होलारु’, उनले भने। नेता डा। महतले एमाले अध्यक्ष ओली मधेसी, जनजाति, आदिवासी तथा दलितको विरोधी भएको समेत आरोप लगाए।
The post डा. महतले भने: ‘उखान टुक्काले मात्र देश चल्दैन’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2syUl7W via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

