Loading...
Loading...
यी ५ कारणले बाहुबली- ३ पनि बन्छ
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैशाख, एजेन्सी।

दुई वर्षको पर्खाइ पछि खुलासा भएको छ कि कटप्पाले बाहुबली किन मारे। जसले फिल्म हेरेर यसको जवाफ पाइसकेका छन्, उनीहरुको अगाडी एक अर्को प्रश्न तेर्सिएको छ।

प्रश्न हो कि, के बाहुबली -३ पनि आउँछ ? के तेस्रो भाग बन्छ र बन्ने भए कहिले ? फिल्ममा कयौं यस्ता कुरा छन् जो इशारा गर्छ कि बाहुबलीको तेस्रो भाग पनि आउनेछ।

बाहुबली-२ को लागि गरिएका अन्तर्वार्ताहरुमा पनि निर्देशक राजामौलीले तेस्रो भाग आउने बारेमा संकेतहरु दिने गरेका छन्।

बाहुबली-३ बन्नेछ, कमसेकम यी ५ कुरा त्यस्तै संकेत गर्छ:

१. बाहुबली-२ को आखिरी डायलग
फिल्म हेरिसकेकाले थाहा हुनेछ कि वा हेर्न जाँदै हुनुहुन्छ भने ध्यान दिनुस् माहिष्मतीको सिंहासनमा बसेपछि महेन्द्र बाहुबलीले गरेको प्रण – ‘मेरो वचन नै शासन हो’।

२. सन्यासीले भनिन शिवको मर्जी
फिल्म सकिएपछि कास्टिङ पश्चात केही समय रोकिनुस्। एक बच्चाको आवाजले प्रश्न उठ्नेछ कि यसपश्चात माहिष्मतीमा कसले शासन गर्यो… के महेन्द्र बाहुबली र उनका बच्चाको राज चल्यो। यसमा बाहुबलीवाला सन्यासीको आवाजमा जवाफ आउँछ… शिवको मर्जी म के जानुँ

३. भल्लाल देवका पिता र कटप्पा जिउँदै

फिल्ममा विज्जलदेवको भूमिका अझै जिवितै छ। साथै कटप्पाको भूमिकामा अझै तेस्रो भाग बन्ने गरि दम बाँकि नै छ। के थाहा तेस्रो भागमा कटप्पाकै विगत पो देख्न पाइएला।

४. बाहुबली ३ मा हुनेछ महेन्द्र र अवंतिकाको विवाह ?

बाहुबलीमा महेन्द्र बाहुबली र प्रेमिकाको भूमिकामा देखिएकी तमन्ना भाटिया अर्थात अवंतिकाको केही दृश्य मात्र छ। बाहुबलीको अर्को भागमा यी दुवैलाई फेरि मिलाउने आशा गरिएको छ। बाहुबली-२ मा महेन्द्रको आफ्नी आमा देवसेनासंग मिलन हुन्छ तर प्रमिका अवंतिकासंग भेट्न अझै बाँकी छ। अर्थात यो बाहुबली-३ को लागि कथा हुनसक्दछ।

५. हलिउडकै स्टाइल पछ्याउन सक्ने

बाहुबलीको पहिलो होस् या दोस्रो प्रावधिक हिसाबले फिल्म हलिउडका कयौँ ठूला प्रोजेक्टलाई टक्कर दिन सक्छ। यस्तोमा सम्भावना छ कि यसका अझै अन्य भाग आउनेछन्। हलिउडका फिल्म फास्ट एण्ड फ्युरियस, ३०० जस्ता फिल्म झै बाहुबलीले पनि एकपछि अर्को भाग रिलिज गर्ने सम्भावना देखिन्छ।

सगै फिल्मका निर्देशक राजामौलीले पनि फिल्मको तेस्रो भाग बन्ने सम्बन्धमा आफ्ना अन्तर्वार्ताहरुमा संकेत दिने गरेका छन्।

The post यी ५ कारणले बाहुबली- ३ पनि बन्छ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2peSnte
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.