भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं,१८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज रकार छोड्ने भएको छ। आज बिहान केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार छोड्ने निर्णय गर्ने उच्च स्रोतले जानकारी दिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी हुनुहुन्छ। स्रोतका अनुसार सोमबार बस्ने राप्रपाको केन्द्रीय कार्य समिति बैठकले सरकारबाट अलग हुने निर्णय गर्दैछ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० का दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले सरकारबार बाहिरिने तयारी गरेको हो।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता हुनु आपत्ति जनक र दर्भाग्यपूर्ण भएको भन्दै ट्वीटरबाटै राप्रपाका अध्यक्ष थापाले आपत्ति जनाउनु भएको छ। ‘प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध कांग्रेस माओवादीले महाअभियोग दर्ता गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण छ। न्यायिक स्वतन्त्रतामाथि गम्भीर आक्रमण,’ थापाले ट्वीटमा भन्नु भएको छ।
पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच गत मंसिर ६ गते एकता भएपछि कमल थापा उपप्रधानमन्त्री भएर प्रचण्ड सरकारमा सहभागी हुनुभएको हो।
प्रधानमन्त्री प्रचण्डले थापा र राप्रपाका अर्का नेता दिलनाथ गिरीलाई मन्त्री बनाउन स्थानीय विकास मन्त्रालय सम्हाल्नु भएका माओवादी नेता हितराज पाण्डे र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय सम्हाल्नु भएका कांग्रेस नेता जीवनबहादुर शाहीलाई हटाउनु भएको थियो।
संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै असन्तुष्टि जनाउदै गृहमन्त्री बिमलेन्द्र निधिले भने राजीनामा दिइसक्नु भएको छ ।
The post राप्रपाले आज सरकार छोड्ने appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2pMh5CW via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

