भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१६ माघ, एजेन्सी ।
आफ्नो अगामी चलचित्र पद्मावतीको सुटिङका लागि जयपुरस्थित जयगढ किल्लामा रहेका फिल्म निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको करणी सेनाका कार्यकर्ताहरुले फिल्मको सेट तोडफोड गरेका छन् । यस अवधिमा भन्सालीलाई थप्पड पनि लगाएका छन् ।
तोडफोड तथा थप्पड हान्नुको कारण –
पद्मिनी भनेर पनि चिनिएकी रानी पद्मावती चितौइगढकी रानी थिइन् । भनिन्छ, खिलजी वंशका शासक अलाउद्दीन खिलजीले पद्मावतीलाई पाउन चाहान्थे, तर जब रानीलाई यो कुरा थाहा भयो, उनी आगोमा हाफ फालेर मरिन् । तर, भंसालीले खिलजी र पद्मावतीलाई केन्द्र बनाएर फिल्मको काहानीमा रानी पद्मावतीलाई अलाउद्दीन खिलजीको प्रेमिका बनाएका थिए । खिलजीको सपनामा पद्मावतीसँग गरेको प्रेम रोमान्सलाई फिल्मी बनाउने कुरा बाहिरियो ।
भंसालीलाई करणी सेनाको चेतावनी – यता राजपूत करणी सेनाका कार्यकर्ताले शनिवार फेरि चेतावनी दिएका छन् । उनीहरुले यदि रानी पद्मावतीको इतिहासलाई बंग्याउँने काम गरेमा, न त फिल्म सुटिङ गर्न दिइने न त पर्दामै आउने दिइने चेतावनी दिएका छन् । कार्यकर्ताले भनेका छन्, ‘पद्मावती हाम्रो गौरव हो, राजपूतलाई आफ्नो पूर्वजलाई लिएर देखाइएको अश्लिलता सहन हुँदैन । अलाउद्दीन–पद्मिनीलाई प्रेमी–प्रेमिकाको रुपमा नदेखाइयोस् ।’ यस सम्बन्धमा गत सेप्टेम्बरमै सञ्जय लीला भंसालीलाई पत्र लेखेर इतिहासलाई गलत तरिकाले नदेखाउन भनेका थिए ।
यो घटनापछि भन्सालीे राजस्थानमा फिल्मको सुटिङ नगर्ने निर्णयमा पुगेका छन् । उनी मुम्बईमै सेट लगाएर फिल्म निमार्ण पुरा गर्ने बताएका छन् । अर्कातिर, भंसालीमाथि भएको आक्रमणपछि बलिउडमा हलचल नै मच्चिएको छ । विभिन्न निर्देशक, अभिनेता तथा अभिनेत्रीले सामाजिक सञ्जालमा करणी सेनाप्रति आलोचना पोखिरहेका छन् ।
The post यसकारण हानिएको रहेछ भन्सालीलाई थप्पड appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2jE836L
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

