भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ । यो ‘रेड एन्ड हवाइट’ भवन राष्ट्रपति निवास हो। साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन्। भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन्। नयाँ भवन भूकम्प जानुअघिदेखि नै बनाउन थालिएको थियो। निवास बन्नुअघिसम्म राष्ट्रपति भवनमै अफिस र निवास थियो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। राष्ट्रपति बस्नकै लागि यो भवन बनाइएको हो। अफिस भने पुरानै भवनबाट सञ्चालन हुनेछ। पुरानो भवन पछाडि बनाइएको निवासमा चार ब्लक रहेको इन्जिनियर महेश भट्टले बताए। जसलाई ए, बी, सी र डी नाम दिइएको छ। ए ब्लक सबैभन्दा ठूलो ५ तलाको छ। जसमा राष्ट्रपति बस्ने हो। अन्य तीन ब्लक दुई तलाका छन्। चारवटै ब्लकबीचमा राणाकालीन शैलीको ‘कोडयार्ड’ अर्थात् पार्टी हल छ। चारवटा ब्लकबाट घेरिएर बनेको हल साठी जना क्षमताको छ। त्यस अतिरिक्त बैठकका लागि अन्य तीनवटा हल छन्। निवासमा चारै दिशाबाट प्रवेशद्वार छ। पूर्व ढोकाबाट राष्ट्रपति मात्रै प्रवेश गर्ने व्यवस्था छ। उत्तर ढोकाबाट विदेशी पाहुना, दक्षिण ढोकाबाट नेपाली पाहुना र पश्चिम ढोकाबाट कर्मचारी छिर्ने व्यवस्था छ। राष्ट्रपति बस्ने ए ब्लकको भवन पूरै सेर वाल अर्थात् इँट्टाढुंगाको प्रयोग नगरी ढलानबाट बनाइएको हो। सुरक्षाका दृष्टिले यसरी बनाइएको प्राविधिकहरूको भनाइ छ। ब्लक बी, सी र डीमा बैंइकेट, बैठक, हेल्थ सर्भिसलगायत सुवधा छन्। राष्ट्रपतिको उपचार निवासमै गर्न सकिने व्यवस्था छ। एक निजी चिकित्सकका लागि आवाससमेतको व्यवस्था छ। सम्पूर्ण भवनको कन्ट्रोल ग्राउन्ड फ्लोरबाट गरिन्छ। अन्डर ग्राउन्डमा हेल्थ क्लब छ। जसमा जिम, सोना स्टिमदेखि सबै सुविधा उपलब्ध छ। अन्डर ग्राउन्डमा कोल्ड स्टोरको व्यवस्थासमेत छ। खासमा यसको प्रयोजन अर्कै छ। मुलुकमा कुनै आपतकालीन अवस्था परेमा राष्ट्रपतिलाई अन्डर ग्राउन्डमै बस्न मिल्ने र त्यहींबाट कार्यालय सञ्चालन गर्न मिल्ने डिजाइनमा बनाइएको हो। यसमा सेन्टर हिट प्रणाली जडित छ। भवनको डिजाइन इस्टवेस्ट इन्जिनियरिङले गरेको हो। भवन डिजाइनका लागि गरिएको प्रतिस्पर्धामा यो पहिलो भएको थियो। इस्टवेस्ट इन्जिनियरिङको डिजाइनमा तुन्डी समानान्तर जेवीले भवन निर्माण गरेको हो। भवन बनाउन साढे ६२ करोड रुपैयाँ खर्च भएको छ।
The post राष्ट्रपतिको नयाँ अत्याधुनिक निवास : ‘रेड एन्ड हवाइट’ appeared first on rastriyakhabar.com.
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2jfjcfD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

