जापानमा एक नेपाली युवकद्वारा झुन्डिएर आत्महत्या
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सन्तोष चोखाल १६ माघ, जापान । भोलि नेपाल फर्किनका लागि हवाइटिकट समेत काटिसकेका एक नेपालीले जापानमा आत्महत्या गरेका छन् ।
कुक भिसामा करिब १३ महिना पहिले जापान आएका नवलपरासी अमरपुरी ८ का ३३ बर्षिय संजय खत्रीले आज झुण्डिएर आत्महत्या गरेका हुन् ।
१० लाख बढी रुपैयाँ तिरेर मासिक डेढ लाख बढी तलब पाइने लोभमा जापान आएका खत्री केही समयदेखि मानसिक तनावमा थिए ।
मुस्किलले महिनाको १ लाख तलब पाउँदै आएको बताइएका खत्रीले केही दिनदेखि नै जापान आएको ऋण समेत तिर्न नसकेको अवस्थामा के नेपाल फर्कनु भन्दै मर्छु भन्ने गरेको उनका नजिककाहरुले बताएका छन् ।
जापानको खानागावा केनको योकोहामा बस्दै आएका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेका हुन् ।
श्रीमती र ३ बर्षिय छोरा रहेका खत्रीको निधनपछि उनको परिवारमा पीडासँगै उनलाई जापान पठाएको ऋण र उनको शव नेपाल फर्काउन थप समस्यामा परेको छ ।
#Feed News from namastenepali.com NamasteNEPALI.com http://bit.ly/2jKbUg3
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

