भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी ।
बच्चन परिवार पुरै बलिउड उद्योगको एक उदाहरणको रुपमा मानिन्छ । यदि यो परिवारका सदस्यबीच फाटो आएको कुरा बाहिर आयो भने प्रायले विश्वास नै गर्दैनन् । कुनै समय बच्चन परिवारको सबैभन्दा नजिक भनेर चिनिएका अमर सिंहले फेरि एक पटक अचम्म लाग्दो तथ्य बाहिर ल्याएका छन् ।
अमर सिंहका अनुसार, अमिताभ बच्चन र जया बच्चनको सम्बन्धमा फाटो आएको छ र दुवै अलग बस्छन् । हालै एक अन्तरवार्ताको क्रममा अमर सिंहले सो कुराको खुलासा गरे । उनले भने, ‘बच्चन परिवारको हरेक झगडाको पछि मेरो हात रहेको आरोप लगाउँछन् ।’ अमर सिंहले अन्तरवार्तामा भने, ‘अमिता र जयामध्ये एक जलसामा बस्छन् ।’
यति मात्रै होइन अमर सिंहले जया र ऐश्वर्याको बिग्रेको सम्बन्धको बारेमा पनि बोले । त्यसो त यो पहिलो पटक होइन, निकट मानिएका अमर सिंहले बच्चन परिवारको बारेमा बालेको । तर, सबैभन्दा अचम्म मान्नुपर्ने कुरा के छ भने अमर सिंहले बोलेको कुनै पनि विवादित बिषयमा जया र अमिताभ केही पनि खुलेर बोल्दैनन् । यसले अमर सिंह साँचो बोल्छन् भन्ने बुझाउँछ ।
केही समयअघि भारतमा मासुजन्य खाद्यपदार्थ बन्द गरिएको विवाद चलिरहेका बेला अमर सिंहले जया बच्चन मांसहारी हो र उनी विदेश गएर सुँगुरको मासु खाने गरेको बताएका थिए ।
‘दो अजनाने’ फिल्मको सुटिङका क्रममा रेखा र अमिताभबीच प्रेम रहेको कहानीले जंगल तातेको थियो । त्यस समय जयाले भनेकी थिइन्, ‘मेरो पछाडि के गरिरहेका हुन्छन्, त्यो उनीहरुको कमजोरी हो । तर, मैले जोसँग बिहे गरेको छु मैले उसलाई सहनु मेरो काम हो ।’ यो विवादपछि धेरै समयसम्म अमिताभ–जयासँगै देखिएनन् ।
त्यसपछि, बुहारी ऐश्र्वयको कामलाई लिएर एक पटक फेरि अमिताभ–जयाबीच मनमुटाव उत्पन्न भयो । जयालाई ऐश्वर्याले काम गरेको मन परेको थिएन तब अमिताभले भने साथ दिए । यस्तै, नातिनी नव्या नवेलीको तस्विरलाई लिएर बोलेको कुरालाई लिएर ऐश्वर्या र जयाबीच मनमुटाव बढ्यो ।
यो साँचो हो, कि अरुको अगाडि अमिताभ र जयाले यस्तो नदेखाए पनि उनीहरुबिच मनमुुटाव चलिरहेकै हुन्छ । हिजोआज सभा–समारोहमा अमिताभ–जया एकसाथ देखिन गाह्रो पर्न थालेको छ । यो क्रम जारी छ, जसले उनीहरुबीच मनमुटाव रहेको देखिन्छ । अलग–अलग रहन्छन् भन्ने कुरा खबरको रुपमा आएको मात्रै हो, साँचो कुराको खुलासा उनीहरुबाट हुन बाँकी छ ।
The post अमिताभ – जया बच्चनको सम्बन्ध धरापमा ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kxaciW
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

