भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ पुस, एजेन्सी।
भारतीय पहलवान महावीर सिंह फोगाट र उनका दुई छोरी गीता र बबिताको सत्य कथामा आधारित फिल्म ‘दंगल’ निकै हिट र व्यावसायिक रुपमा सफल भइरहेको छ । फिल्म प्रदर्शनको पाँच दिन नबित्दै एक सय ५० करोड भारु नाँघेको छ।
दुई घण्टा ५० मिनेट अवधिको फिल्ममा मसाला थप्ने क्रममा फिल्मको क्लाइमेक्स र केही दमदार दृश्यको सत्य–तथ्यलाई भने व्यंग्याइएको छ । फिल्मको कुन दृश्यलाई कता मोडिएको छ ?
–फिल्मको सुरुवातमा पटक–पटक छोरी जन्मिएपछि महावीर सिंह फोगाट अर्थात् अामिर खान दुःखी हुन्छन् । चार वटा छोरी जन्मिएपछि उनी गोल्ड मेडल जित्ने सपना नै भुल्छन् । तर, महावीरको जीवनी ‘अखाडा’मा छोरीको जन्मले उनकी पत्नी दया कौर दुखी भएको भनिएको छ ।
–यस्तै, फिल्ममा प्रशिक्षक प्रमोद कदमले गीतालाई पुरानो तालिम भुलेर नयाँ तरिकाको कुस्ती गर्न सिकाउछँन् । फिल्ममा प्रशिक्षकलाई खलनायकको रुपमा देखाइएको छ । तर, वास्तविकता त्यो नरहेको बताइएको छ ।
-महावीरका छोरी गीताका प्रसिक्षक प्यारे लाल सोधीले हालै फिल्ममा उनलाई नराम्रो भूमिकामा देखाइएको भन्दै ‘दंगल’ टिमविरुद्ध कानुनी कारवाही गर्ने धम्कीसमेत दिएका थिए । उनले अमिरले फिल्मलाई हिट बनाउँन धेरै दृश्यहरु नभएको पनि देखाएको आरोप लगाएका थिए ।
The post मसाला बनाउने निहुँमा दंगलमा गरिए यस्ता गल्ती appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hPLQz5
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

