भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

हालै फोर्ब्स पत्रिकाले सबैभन्दा बढी कमाई गर्ने १० बलिउडका कलाकारलगायतको सूची सार्वजनिक गरेको छ । सन् २०१५को तुलनामा २०१६ मा कति कमाए त्यसको तुलनात्मक आंकडा निकालेको हो । उत्कृष्ट १० मा बलिउडका ७ र ३ जना क्रिकेटर हस्ती परेका छन् ।
पत्रिकाअनुसार, अभिनेता शाहरुख खानलाई यस बर्ष ३६ करोड भारु घाटा भएको छ । उनले २०१५मा २५७.५ करोड भारु कमाई गरेका थिए भने २०१६मा उनको कमाई २२१.८ करोड भारुमा सिमित रह्यो । २०१५को तुलनामा २०१६मा शाहरुखको फिल्म कम आए, त्यसमा पनि केही फ्लप झै भए ।
२०१५मा शाहरुखले ‘इन्डिया पूछेगा सबसे शाणा कौन’ जस्ता टिभी रियालिटी शोलगायत अन्य विभिन्न कार्यक्रमबाट पनि निकै कमाई गरेका थिए । तर, २०१६ मा उनको मूलधारको सोलो फिल्म ‘फन’ बक्स अफिसमा सफल हुन सकेन । ‘डियर जिन्दगी’ केही हदसम्म राम्रै कमाई गर्यो तर, यो सानो प्रोजेक्टको फिल्म थियो ।
त्यस्तै, सलमान खानले भने २०१५को तुलनामा २०१६मा ६६ करोड भारु बढी कमाएका छन् । उनले २०१५मा २०२.८ करोड र १६मा २७०.३ करोड भारु कमाएका छन् ।
अभिनेत्री प्रियंका चोपडाले २०१५को तुलनामा १६मा ५० करोड भारु बढी कमाइन् ।
यस्तै, अक्षय कुमारले सन् २०१५ मा १२७.८ करोड कमाएका थिए भने २०१६मा २०३ करोड कमाएका छन् ।
दीपिका पादुकोणको कमाई २०१५मा ५९ करोड थियो भने २०१६मा ६९.८ करोड भारु कमाएकी छिन् ।
त्यस्तै, अमिताभ बच्चनको कमाई यस बर्ष ३२.३ करोड मात्रै रह्यो, जबकि २०१५ मा उनले ११२ करोड भारु कमाई गरेका थिए ।
ऋतिक रोशनको २०१५मा ७४.५ करोड कमाई थियो भने २०१६मा ९०.३ करोड कमाई गरे ।
The post शाहरुखले बेहोरे ३६ करोड घाटा, २०१६मा कसले कति कमाए ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2hytn9w
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

