Loading...
Loading...
आयो ‘समर्पण’को फष्ट लुक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ मंसिर, काठमाडौं । फायर इन्टरप्राइजेजको व्यानरमा रोजन रखालले निर्माण गरेको फिल्म ‘समर्पण’को फष्टलुक र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको फष्टलुक सार्वजनिक गरेका हुन् । img_0799
कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय ‘छक्का पञ्जा’ लगायतका फिल्महरुको राम्रो प्रर्दशनमा आएको उर्जाले फिल्म निर्माण गर्न हौसला बढेको बताए । उनले सरकारी नियम निकाय अस्पष्टता नभएकाले चलचित्र बिकाश बोर्डले स्पष्ट धारणा बनाउन आग्रह गरे । अर्का बरिष्ठ कलाकार रमेश बुढाथोकीले पनि फिल्मलाई सफलताको शुभकामना ब्यक्त गर्दै फिल्मले दर्शकहरुको चासो बढाउन सकोस भने शुभेच्छा दिएका दिए ।
बोर्डका अध्यक्ष राईले फिल्मलाई सफलताको शुभकामना दिदै नयाँ नयाँ कथामा फिल्महरु निर्माण भैरहेकोमा बिकाश बोर्डले स्वागत योग्य ठानेको बताए । उनले बिज्ञानले दिएको सुबिधा प्रयोग गर्नु पर्नेमा जोड दिदै बिकशित भएको प्रबिधिलाई अपनाउन फिल्मकर्मीहरुलाई आग्रह गरेका थिए । राईले पछिल्लो समयमा फिल्मका नाममा सर्ट फिल्महरु बनाएर युट्युबमा राख्ने चलन बढिरहेकामा त्यसमा सेन्सर गर्ने योजनामा बोर्ड रहेको बताए ।
फिल्मका निर्देशक बसन्त निरौलाले आफूलाई केही मान्छेहरुले भिडियो फिल्म बनाएको आरोप लगाएकोमा आपत्ति जनाउदै फिल्मले साथीभाईको बिषयको कथा उठान गरेको बताए । फिल्ममा नाम नचलेका नयाँ कलाकारहरु रहेपनि उनीहरुले राम्रो काम गरेको र फिल्मलाई बंगलादेशका बिभिन्न रमणिय स्थानमा छायाकन गरेको उल्लेख गरे ।
निर्माता रोजन रखालले राम्रो कथा भएकाले फिल्ममा आफुले लगानी गरेको बताए ।

आगामी १५ पुस गते रिलिज हुने फिल्ममा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । फिल्ममा रोजनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।
विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । कार्यक्रममा फिल्मको एक आइटम नम्बरको गीत सार्वजनिक गरिएको थियो ।

The post आयो ‘समर्पण’को फष्ट लुक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fGgMA3
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.