भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१२ मंसिर, एजेन्सी।
पाकिस्तानकी चर्चित थिएटर एक्ट्रेस किस्मत बैगको गोली हानी हत्या भएको छ। अज्ञात व्यक्तिले पाकिस्तानको लाहोरमा नायिकाको खुट्टा, हात र पेटमा ११ गोली हानेको बताइएको छ। प्रहरीले किस्मतको हत्याको पछाडी उनको कुनै अज्ञात प्रेमी भएको अनुमान गरेको छ। अहिलेसम्म हत्या कसले गरेको कुनै जानकारी भने पत्ता लागिसकेको छैन
घटना भएको रात किस्मत एक शो मा सहभागी भई घर फर्किदैँ थिइन। उनको कार ड्राइभरले चलाइरहेको थियो। ड्राइभरलाई पनि गोली लागेको र उनको स्वास्थ्य स्थिति स्थिर रहेको बताइएको छ। घटना पश्चात ड्राइभरले नै किस्मतलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ। तर रगत निकै बगिसकेको कारण किस्मतको मृत्यु भइसकेको थियो।
प्रहरीलाई दिएको बयानमा ड्राइभरले भने, ‘एक आक्रमणकारी गोली हान्दै भन्दै थियो कि किस्मत अब तँ कहिल्यै नाच्न पाउँदिनस्।’ ती आक्रमणकारी किस्मतलाई पर्खेर पहिले देखी नै थिएटरको बाहिर बसको प्रहरीले बताएको छ।
पहिले पनि दुई पटक टारगेट
किस्मतलाई पहिले पनि दुई पटक टारगेट गरिएको थियो। प्रारम्भिक रिपोर्ट अनुसार किस्मत फैसलावादका हुनै उद्योगीसंघ सम्बन्धमा थिइन। छिटै प्रहरीले ती व्यक्ति अनि किस्मतको परिवारको बयान लिनेछ।
The post ‘अब कहिल्यै नाच्न पाउँदिस्’ भन्दै नायिकाको ११ गोली हानी हत्या appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2fDOglQ
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

